zoom cloud meeting app download for windows 10 64 bit zoom us join a meeting download app convert pdf to word download vn zoom why zoom app is not opening after installing - why zoom app is not opening after installing zoominfo pricing and plans

अफगास्तिानमा महिला विद्यार्थीहरुलाई विदेशमा अध्ययन गर्न अनुमती छैन

   २९ भाद्र २०७९, बुधबार ०७:३२  

काबुल । कट्टर उग्र चरमपंथीहरुले अफगानिस्तानमा शासन चलाईरहेका तालिवानले विदेशमा अध्ययन गर्न चाहिने महिला विद्यार्थीहरुलाई अनुमती नदिदा सयौं महिलाहरु उच्च शिक्षाबाट वंचित रहनु परेको छ ।
रुसी समाचार संस्था स्पुत्निकका अनुसार अध्ययनका लागि कतार, कजाखस्तान जस्ता मुलुक जान चाहने महिला विद्यार्थीलाई तालिबानले अनुमति दिन अस्वीकार गरेको हो ।
यद्यपि विदेश जान चाहने पुरुष विद्यार्थीले भने तालिबानबाट यस्तो अनुमति पाउने गरेका छन् । यसबाहेक तालिबानले अफगानिस्तान भित्रै पनि महिलाहरुलाई अध्ययनबाट बञ्चित गर्दै आएको छ ।
अफगानिस्तानमा रहेका विद्यालयहरुमा महिला र पुरुषलाई बेग्लाबेग्लै राखेर पढाई हुँदै आएको छ भने छात्राहरुलाई ६ कक्षा भन्दा माथि अध्ययन गर्ने अनुमति छैन । यतिमात्रै नभई तालिबानको शासनकालमा महिला अधिकार कटौती भएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले समेत चर्को आलोचना गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै