पछिल्ला केही बर्षहरुमा नेपालमा चिनियाँ लगानीहरु धेरै मात्रामा भित्र्न थाल्यो, जसको परिणाम स्वरुप चिनियाँ नागरिकहरुको विभिन्न बहानामा नेपाल आउने क्रम तिव्र बन्यो, नेपालमै बसेर व्यापार समेत संचालन गर्न थाल्यो, केही दिन सम्म विश्वास जमाएर विभिन्न चिनियाँ ऐपहरुलाई आकर्षक बनाएर ठगिधन्धा सुरु गरिएको विभिन्न समयमा देखिएका गतिविधिहरुबाट छलंग भएको पाइएका छन् ।
वितेका केही दिनमा के देखिएको छ भने चिनियाँ नागरिकहरु विभिन्न एप बनाएर त्यसमार्फत ऋण दिएर नेपाली नागरिकलाई ठगिरहेका छन् ।
उच्च ब्याजदरमा ऋण उपलब्ध गराएर ठगी गर्नको अलावा व्यक्तिगत तथ्यहरुको हननका साथै धोक दिएर ठग्ने कार्यहरु गरिरहेका छन् । यदि लिइको ऋण सम्झौताअनुरुप उच्च ब्याजदरमा चुक्ता नगरे चिनियाँहरुले नेपाली नागरिकलाई अनेक बहानामा ठग्ने कार्य गरिरहको बुझिएको छ ।
यस्तो चिनियाँ नागरिकहरुको जाली, नक्कली कल सेन्टर र कार्यालयहरु नेपालका विभिन्न स्थानमा सञ्चालन गरिरहेका छन् । काठमाडौं, पोखरा, चितवन, भैरहवा, नेपालगन्ज र सिरहालगायतका स्थानहरुमा नेपालको युवायुवतीलाई सहभागी बनाई यस्ता ठगी धन्दा सञ्चालन भइरहेको तथ्यांकले देखाउँछ ।
नेपालीहरुलाई आकर्षित गर्न विभिन्न प्रकारका नक्कली ऐपहरुको जस्तै उधार नगेन, गो क्यास, गो लोन, रुपे प्लस, फैक्स क्यास, रुपे फैक्टरी, क्यास बाई, पैसा लोन, सशक्त लोन, इजी क्रेडिट फ्रि क्यास, हेण्डी लोन, रुपी स्टार अनि हाई क्यास सञ्चालनमा ल्याइएको पाइएको छ ।
यी ऐपको आधारमा चिनियाँ ठगहरुद्वारा नेरु ३ हजारदेखि ३३ हजारसम्म ३० प्रतिशतको दरले ५० प्रतिशत लोन रकम ६-१५ दिनभित्रमा दिइने गरेको पाइएको छ । दिनहुँ करिब ६ करोडसम्म अनुमानित ५० हजार ग्राहकलाई लोन उपलब्ध गराइँदै आइएको छ ।
यसमा भारतीय नागरिकहरु पनि ठगीको शिकार भएका छन् । ऋण उपलब्ध गराउन यनीहरुले व्यक्तिको व्यक्तिगत विवरण जसमा नागरिकता, आधार कार्ड, बैंक खाता, लाइसेन्स, फोन नम्बर आदि लिने गरेका छन् । यदि नेपाली ग्राहकहरुले तोकिएको समसयमा ऋणको उच्च ब्याजसहित बुझाउन नसके चिनियाँ ठगहरुले निम्न प्रकारको कारवाही गरेको पाइन्छ ।
ग्राहकको व्यक्तिगत विवरण सामाजिक सञ्जालमा प्रकाशन गरिदिने, परिवारका सदस्यहरु डराउने, धम्काउने, गाली गलौज गर्ने, फोन ह्याक गर्ने, फोटो भिडियो र अडियो आदि सामाजिक सञ्जालमा पोस्ट गर्ने आदि गर्दै आएका छन् ।
चिनियाँ ठगीको भयका कारण नेपालको ग्राहकहरुले साइबर अपराध ब्यूरो, नेपाल प्रहरीमा उजुरीसमेत दिएका छन् । चिनियाँहरुले यस्ता गलत गरिकाले आर्जन गरेको पैसा अलि पे र व च्याटमार्फत चीनमा सुपुर्द गरिरहेका छन् । यस क्रियाकलापद्वारा नेपालले आर्थिक क्षतिका अतिरिक्त सुरक्षा जोखिक पनि मोलिरहेको छ ।
यद्यपि सरकारले यसको विरुद्धमा कुनै कदम चालेको छैन । एक रिपोर्टअनुसार करिब पाँच सय चिनियाँ नागरिक पोखरामा यस धन्धामा लिप्त छन् । तिनीहरुले करिब २५ वटा अवैधानिक कार्य सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन