विभिन्न एप्सहरुको माध्यमबाट ठगी धन्धामा सक्रिय चिनियाँ

380 Shares

विगत केही बर्ष यता नेपालमा चिनियाँहरुले विभिन्न एप्सहरुको माध्यमबाट ठगी धन्धा संचालन गर्दै आएका छन् ।
चिनियाँहरुले बनाएका विभिन्न आर्थिक ऋण उपलब्ध गराउने एप्सहरुको प्रयोग गरी नागरिकहरुलाई उच्च ब्याजदरमा ऋण उपलब्ध गराउने प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको पाइएका हुन् ।
उनीहरुले एप्सहरुमार्फत व्यक्तिका व्यक्तिगत विवरणहरु संकलन गर्ने र पछि त्यसैलाई विवरणलाई दुरुपयोग गरी ठगी गर्ने गरेको खुलेको छ । यसरी एप्समार्फ लिइएको ऋण समयमा उच्च ब्याजदरसहित चुक्ता नगरिएमा चिनियााहरुले नेपाली नागरिकलाई विभिन्न बाहनामा ठगी गर्ने र ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन् ।
नेपालमा यसरी ठगी धन्धा सञ्चालनका लागि विभिन्न कल सेन्टर तथा कार्यालयहरु समेत स्थापना गरेका छन् । यसअघि काठमाडौं, पोखरा, भैरहवा, नेपालगन्ज र सिरहा लगायतका स्थानाहरुमा यस्ता कार्यालयहरु खोलिएका छन् ।
उक्त कार्यालयहरुमा नेपालमा रोजगारीको खोजी गरिरहेका भर्खर कलेज सुरु गरेका युवायुवतीहरुलाई सस्तोमा प्रयोग गरिरहेका छन् । एकातिर उनीहरुलाई गलत धन्धामा लगाइएको छ भने अर्कोतर्फ उनीहरुको श्रम शोषण गर्ने काम गरिएको छ ।
व्यक्तिहरुलाई प्रभावित गर्नका लागि उधारो लोन, गो क्यास, गो लोन, रुपैयाँ प्लस, फोकस क्यास, रुपैयाँ फ्याक्ट्री, क्यास कार्ड, पैसा लोन, इजी क्रेडिट, फ्रि क्यास, हेन्डी लोन, रुपैयाँ स्टार, हाई क्यास आदी एप्सहरु सञ्चालनमा छन् ।
यी एप्सहरुको आधारमा चिनियाँ ठगीद्वारा ३ हजार देखि ३३ हजार सम्म ३० देखि ५० प्रतिशत रकम ७–१५ दिनभित्रमा दिइने गरेको पाइएको छ । दिनहुँ करिब ६ देखि सात करोडसम्म करिब ५० हजार ग्राहकलाई उपलब्ध गराइँदैछ ।
यसमा भारतीय नागरिकहरु पनि ठगीको सिकार भएका छन् । ऋण उपलब्ध गराउन उनीहरुले व्यक्तिको व्यक्तिगत तथ्यहरु जसमा नागरिकता, आधार कार्ड, फोन नम्बर, बैंक खाता, ड्राइभिङ लाइसेन्स लिने गरेका छन् ।
उक्त ऋण समयमा चुक्ता गर्न नसकेको अवस्थामा ग्राहकको व्यक्तिगत विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने, परिवारका सदस्यहरुलाई धम्की दिने, फोटो–भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने, फोन ह्याक गर्नेलगायतको यातना दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चिनियाँ ऋणबाट ठगी भएकाहरुले साइबर अपराध महाशाखामा उजुरी दिइएको पनि पाइएको छ । यस्ता गलत तरिकाले आर्थिक आय–आर्जन गरेको पैसा उक्ति पे र विच्याट मार्तफ चीनमा पठाउने गरेका छन् ।
यस क्रियाकलापद्वारा नेपालले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको र सुरक्षा जोखिम रहेको छ । तर यस विषयमा सरकारले भने कुनै कदम चालेको पाइँदैन । एक तथ्यांकका अनुसार करिब ५०० चिनियाँहरु पोखरामा यस धन्धामा सक्रिय छन् । उनीहरुले करिब २५ वटा अवैधानिक कार्यहरु सञ्चालन गरिरहेको पनि पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।