घर भाडा नै नतिरी भाग्ने ओप्पो मोवाइल कम्पनीको विरुद्ध घरधनीले आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको छ । ओप्पो मोबाइल कम्पनीका नेशनल डिष्टिब्यूटर साविक ओप्पो डि एस प्राली, हाल डिएस प्रालीले तीन महिना देखि घरभाडा नदिई घर खाली गरेर सम्पर्क विहिन भएपछि घरधनी संगीता बस्नेतले आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताइन ।
घरबहाल सम्बन्धी गरिएको कागजातमा उक्त कम्पनीले काठमाडौं महानगरपलिका ५ हाडिगाँउ स्थित बस्नेतको नाममा रहेको एक रोपनी जग्गामा बनेको २ वटा घर तथा टहरा लिएर विगत ६ बर्ष देखि लिजमा लिई भोगचलन गर्दै आएको बताइएको छ ।
ग्त बैशाख १ गते देखि दुई बर्षको लागि करारनामालाई नविकरण गरिए तर उक्त कम्पनी विगत तीन महिना देखिको भाडा नतिरीकन, घर छाड्ने अग्रिम सुचना नदिइकन सम्पर्क विहिन भएको छ ।
कम्पनी रजिष्टार कार्यालयका उप–सचिव शेखर बाबु कार्कीका अनुसार उक्त कम्पनीका अध्यक्ष चिनिया नागरिक “युबाओ झाओ” हुन् । कार्कीले भने, २०७८ मंसिर सम्मको अपडेट देखिन्छ ।’
घरबहाल सम्झौता पत्रमा २०८० चैत्रसम्म बहाल नविकरण गरिएको उल्लेख छ । नवीकरण करारको अवधि समाप्त नहुँदै विना कुनै सूचना घरहरु खाली गर्दा उचित हस्तान्तरण, लिज रकम चुक्ता, रंगरोगन तथा मर्मत संभार लगायत कुराहरू पुरा गर्नेपर्ने दायित्वबाट कम्पनी पन्छिएको मात्रै हैन भाडा नै नतिरे वेपत्ता भएको हो ।