प्रहरी जवान सहित २ जना लागु औषध संगै पक्राउ

   २७ फाल्गुन २०७७, बिहीबार १९:४८  

रौतहट, २७ फागुन । लागु औषध ओसार्दै गरिरहेको अवस्थामा एक प्रहरी जवान सहित २ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई प्राप्त भएको विशेष सुराकीको आधारमा चन्द्रपुर नगरपालिकाको वडा नम्वर ४ स्थित पुर्व पश्चिम राजमार्गको वागमतीमा चेकजाँचको क्रममा सर्लाहीबाट रौतहट तर्फ आउदै गरेको ना.५८प ९५४८ नम्वरको मोटरसाइकल रोखि सर्च गर्दा मोटरसाइकल चलाईरहेको इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत ३२ बर्षिय प्रहरी जवान कमल धामी र मोटरसाइकलमा पछाडी बसेका बर्ष ३० को राजु कुमरलाई लागु औषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
पक्राउ परेका प्रहरी जवान धामी र कुमर दुवै रौतहट जिल्ला चन्द्रपुर नपा ३ गैडाटार स्थायी घर रहेको उनीहरुका् साथबाट नेट्राजी पाम ट्याब्लेट ९०० थान र नेट्राभेट इन्जेक्सन १९ थान फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर लागु औषध ऐन अन्तर्गत मुद्दा चलाइएको तथा हिरासतमा राखि थप अनुसन्धान भईरहेको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै