सौराहा (चितवन), ३० भदौ । नेपाल फोटो पत्रकार महासंघ दोश्रो केन्द्रीय महाधिवेशन-२०७९ विहिवार चितवनको सौराहामा सुरु भएको छ ।
महाधिवेशनको उदघाटन गर्दै वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले फोटो पत्रकारहरुको महासंघको महाधिवेशनलाई उदघाटन गर्न पाउँदा खुशि लागेको छ । आवाज विहिनको आवाजको रुपमा चिनिएका संचारकर्मी त्यसमा पनि फोटो पत्रकारको भूमिका अति नै सराहनीय रहेको बताए ।
बोल्न नसक्ने लाई एउटा तस्बिरको माध्यमबाट भन्न चाहिने संदेश प्रवाह फोटो पत्रकारले दिदै आएको चर्चा गर्दै विभिन्न उनले विभिन्न कालखण्डमा पीडा खेपेर पनि फोटो पत्रकारले जिम्मेवारीपूर्ण ढंगबाट भुमिका खेल्दै आएको बताए ।
कोभिडबाट थला परेर उठिवासको अवस्थामा पुगेको वेला फोटो पत्रकार महासंघले महाधिवेशन गर्नु आफैमा सुखद पक्ष भएको बताए । साथै दोश्रो महाधिवेशनको शुभकामना दिए ।
नेपाल फोटो पत्रकार महासंघका महासचिव हरी रेग्मीले सात जनाबाट संघलाई सुरुआत गरेको सम्झिदै नेपालमा फोटो पत्रकारिताको इतिहास पुरानो न भएपनि २०५१ साल देखि विधिवत रुपमा सुरुआत गरेको चर्चा गरे । साधै महाधिवेशनमा उपस्थित भएका प्रतिनिधिहरु सहित अतिथिहरु प्रति धन्यवाद ज्ञयापन गरे ।
महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा नेपाल पत्रकार महासंघका सचिव सृजना अर्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपाल फोटो पत्रकार महासंघका सातै प्रदेशका अध्यक्षहरुले महाधिवेशनको शुभकामना दिए । आज विहान प्रभात फेरि निकालिएको थियो ।