बारामा नयाँ नोंट असोज २ गते देखि साटिने

204 Shares

सिमरा, ३० भदाै ।  दसैं, तिहार र छठ पर्वका लागि नेपाल राष्ट्र बैंकले उपत्यका बाहिर असोज २ गते देखि नयाँ नोंट साट्ने भएको छ ।
उपत्यका भित्र हिजाे देखि नयाँ नोंट साट्न थालेको राष्ट्र बैंकले उपत्यका बाहिर असोज २ गते देखि नयाँ नोंट उपलब्ध गराउँने भएको हो ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोंट साट्न सक्ने छन् । ५, १०, २०, ५० र १०० रुपैयाँको एक/एक वटा बन्डल नोंट साट्न सकिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार