login to zoom meeting with meeting id - login to zoom meeting with meeting id zoom update download pc zoom connect download zoom app for windows 10 download download zoom .msi zoom meeting login join meeting online free download zoom hacked version download zoom exe download

खानेपानी संस्थान मन्त्री चौधरीका नाता कुटुम्ब भर्ती केन्द्रमा परिणत गर्ने तयारी

   ३० भाद्र २०७९, बिहीबार १५:५३  

सिमरा, ३० भदाै । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्वाचन आचारसंहिता विपरीत नेपाल खानेपानी संस्थानमा आफ्ना आफन्त र कार्यकर्ता भर्तीको अन्तिम तयारी गरेका छन् ।
उनले तत्काल झण्डै चार दर्जन कर्मचारी नियुक्त गर्न संस्थानलाई दबाब दिएको स्रोतले बताएकाे हाे । गत चैत १ गते संस्थानले १ तह देखि ३ तह सम्मका लागि ४६ जना कर्मचारीको दरखास्त आव्हान गरेको थियो ।
सो सूचना प्रकाशन पछि ११ सय ५८ जनाले फारम भरेका थिए । ती पदको लिखित तथा मौखिक परिक्षामा पास हुँने अधिकांश व्यक्तिहरू खानेपानी मन्त्री चौधरीका आसेपासे रहेको स्रोतको दाबी छ ।
नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुसालले मन्त्री चौधरीको निर्देशन अनुसार ३ वटा परिक्षा केन्द्रमा पास गर्नुपर्ने व्यक्तिहरूको लिस्ट नैं पठाएका थिए । परिक्षा समितिमा पनि आँफू अनुकूलका व्यक्तिहरू राखेको बुझिएको छ । लिखित तथा मौखिक परीक्षाको नाटक मञ्चन गरेर आफन्त र कार्यकर्ताहरू भर्ती गर्ने तयारी भए पछि खानेपानी बोर्ड भित्र खैलाबैला मच्चिएको छ ।
निर्वाचन आयोगले भदौ २० गते सूचना जारी गर्दै कर्मचारीको नियुक्ति, सरुवा र बढुवा जस्ता कामहरू तत्काल रोक्न सरकारलाई निर्देशन दिएको थियो । त्यसलाई लत्याउँदै मन्त्री चौधरीले आफ्ना मान्छे भर्ना गर्नका लागि प्रक्रिया अगाडि बढाउँन दबाब दिएका हुँन् ।
ुुकर्मचारी भर्तीमा असहमति राखे पछि बोर्ड सदस्य एवंम् पदपूर्ति समितिकी संयोजक निरु दर्लामीलाई सो पदबाटै हटाइएको छ । बोर्ड बैठकले उनको स्थानमा मन्त्रीका विश्वासपात्र खानेपानी मन्त्रालयका सहसचिव तिरेशकुमार खत्रीलाई पदपूर्ति समितिको संयोजक तोकेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै