सिमरा, ३० भदाै । खाद्यान्न आयात र ट्रेडिङ्गमा सक्रिय रहेको मस्टा ग्रुप प्रा.लि.ले एक वर्षमा आफ्नों कारोबारमा छलाङ्ग मारेको छ ।
कम्पनीले राजहंस तेल र रोयल भोग ब्राण्डका खानेतेल, चामल, गेडागुडी, मकै, गहुँ लगायतका अन्य खाद्यान्न सम्बन्धीका बस्तुहरुको उत्पादन गरी नेपाल भर र विदेशमा समेत बिक्रि वितरण गर्ने गर्दछ । कम्पनीले २०२१ र २०२२ मा २ अर्ब २ करोड ७० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गर्ने रेटिङ्ग एजेन्सी इन्फोमेरिक्स रेटिङ्स नेपालले जनाएको छ । २०२१ मा कम्पनीले जम्मा ५० करोड ६० लाखको मात्र कारोवार गरेकामा यो एक वर्षमा ठुलो कारोवार गर्न सफल भएको हो ।
कम्पनीले १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको बैंकिङ्ग कर्जाका लागि रेटिङ्ग पाएको छ । १८ करोड ५० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी र १ अर्ब ९ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ ।
कम्पनीले हालसालै आफ्नों कृषि उत्पादन बढाउँन बारा,पर्सा र रौतहट जिल्लामा ५० करोड भन्दा बढीको नयाँ लगानी गरेको कम्पनीका अध्यक्ष जिवन चलाउँनेले बताउँनु भयाे । कम्पनीमा ३ जनाको टिम रहेको छ ।कम्पनीका अध्यक्ष जिवन चलाउँने हुँनुहुँन्छ, भने जगत बहादुर धामी र श्याम थापा कम्पनीका निर्देशक हुँनुहुँन्छ ।