सर्लाहीे, ३० भदौ । चाँडपर्व नजिकिदै जाँदा सर्लाहीको विभिन्न नाकाबाट चिनी सहितका विभिन्न सामानहरुको तस्करी जारी छ ।
चिनी तस्करहरुले साइकल, मोटरसाइकलमा तस्करी गरेर भन्डारण गरी ट्रकमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा पूर्व पश्चिम राजमार्गको नयाँरोडबाट ट्रक नियन्त्रणमा लिएको र कुन नाकाबाट चिनी नेपाल आएको अनुसन्धान भइरहेको डिएसपी बिजय श्रेष्ठले बताएकाे हो ।
सर्लाहीको पूर्वी भेगको त्रिभुवन नगर, सङ्ग्रामपुर, नारायणपुर, मलङ्वा भन्सारको कभर्ड हल र लचका नाकाबाट दिनभर मालसमान ढुवानी भइरहेको दृश्य हेर्न सकिन्छ। तस्करहरुले मोटरसाइकल र साइकलमा सीमावर्ती भारतीय बजारबाट तस्करीको सामान ल्याएर ट्रकमा लोड गरेर पठाउने गरेको बुझिएको छ। यसैगरी सर्लाहीको ओहेनहारा नाकाबाट पनि तस्करी जारी नै रहेको छ।
सर्लाहाका प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल बिदामा गएपछि त्रिभुवननगर नाकाबाट खुलेआम तस्करी भइरहेको स्थानीयको दाबी छ। त्रिभुवन नगर नाकाका प्रहरी नायब निरीक्षक (सइ) चन्द्र बहादुर केरुङको मिलोमतोमा तस्करी भइरहेको छ। त्रिभुवन नगर नाकाबाट कपडा, खाद्यान्न र स्पेयर पार्टको तस्करी खुलेआम भइरहेको स्थानीयले बताएका छन्।
तस्करहरुसित मिलेर सई केरुङ नेपालको सामान भारत र भारतको सामान अवैध रुपमा तस्करी गराउन खप्पिस मानिन्छन्। गत सात महिनाअघि रौतहट सदरमुकाम गौर भन्सारमा खटिएका सइ केरुङ तस्करी गराएको आरोपमा चार दिनमै तानिएका थिए।
ु
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन