zoom download free for windows 11 why is my audio not working on zoom windows 10 - why is my audio not working on zoom windows 10 zoom 64 bit windows download download zoom 2022 zoom remote desktop free download

चिनियाँ अघोषित नाकाबन्दीको शिकार बन्दै नेपाली व्यवसायीहरु, ऋणको बोझ ठेग्न नसकेर आत्म हत्या गर्न बाध्य

   १ आश्विन २०७९, शनिबार ०९:२६  

काठमाडौं । चिनियाँ अघोषित नाकाबन्दीका कारण कयौं व्यापारीहरुको कम्मर भाँचिसकेर बैंकको व्याज तिर्ने अवस्था न हुँदा बाध्य भई आत्महत्या जस्ता गलत कार्य गर्न बाटो रोजेका छन् । कोभिडको बहानामा चिनले अघोषित रुपमा नाकाबन्दी गर्दै आएको हुँदा करोडौं अर्बोैको सामानहरु नाकामै थन्कीदा उक्त अवस्था सृजना भएको बताइएको छ । यसैक्रममा काठमाडौं न्यूरोडमा पसल व्यापारमा राम्रो छवि बनाउन सफल भएका स्वेत बराहा इन्टरप्राइजेजका संचालक सुदर्शन घिमिरे आत्महत्याको बाटो रोजे । उनले गत भदौं ६ गते उक्त समस्याबाट आजिज भई आत्महत्या गर्न बाध्य भए । व्यापार व्यवसायमा आफनो सर्वस्य लगाएर होमिएका व्यापारीहरु चिनियाँ बजार माथि निर्भर रहदाको परिणाम यो संसारबाट विदा हुने बाटो नै किन रोज्नु पर्यो भने सजिलै संग बुझन् सकिन्छ । आफनो श्री सम्पती सहित बैंकबाट अर्बौ करोडौं ऋण लिएर सामान मगाउन लगान गरे तर चिनियाँ नाकाबन्दीको कारण सामानको कन्टेनरहरु सबै नाकामै महिनौं दिन सम्म अड्कीदा बैंकको व्याज, सहितको विभिन्न समस्या झेल्न नसकेर प्रतिष्ठीत व्यापारीहरु आत्महत्या गर्ने बाटो नै रोज्न बाध्य भए ।
यस्तै नेपाली बजारमा चिनियाँ सामान आयात र आपूर्तिमा संलग्न सिन्धुपाल्चोकका युवा उद्यमी हरेराम पौडेलले नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि निराश भएर २०७७ असोज २७ गते आत्महत्या गरेका थिए ।
यी दुबै व्यवसायी धेरै वर्षदेखि व्यवसायमा थिए र कोरोना भाइरस महामारीको प्रकोप अघि राम्रो कमाई गरिरहेका थिए।
तर ती उद्यमीहरू चिनियाँ नाकावन्दीका दोहोरो जालमा परे। एकातिर उनीहरूका सामानहरू धेरै महिना देखि सीमानामा परेका थिए । अर्कोतिए उनीहरूमाथि ठूलो मात्रामा ऋण थियो। एकातिर उनीहरू आर्थिक संकटबाट गुज्रिरहेका थिए भने अर्कोतिर बैंक तथा अन्य साहुले नियमित रूपमा किस्ता वा बक्यौता भुक्तानीको माग गरिरहेका थिए ।
आफ्नो सामान सहितका कन्टेनर लामो समय सम्म चिनियाँ सीमामा अड्किए पछि आर्थिक कारोबार बिग्रिएको भन्दै ती दुई उद्यमीहरूले आत्महत्या गरेका हुन् ।
सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ को प्रकोप देखा परेपछि चीनको सीमानाकाबाट हुने नेपालको व्यापार प्रभावित भएको छ ।
नेपालले कुनै निर्णायक पहल नगरे पनि नेपाल सरकारले चीनसँग सीमा खोल्नका लागि पटकपटक बैठकहरू गरिसकेको छ । थुप्रै भेटघाट र छलफल भए। सीमाना पूर्णरुपमा दुवै तिरवाट सञ्चालन गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन ।
गत चैतमा तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले दुवै उत्तरी बन्दरगाहबाट आयात–निर्यात सहज हुने गरी छिट्टै प्रबन्ध मिलाइने आश्वासन दिए । तर, अहिले सम्म सीमाना खुकुलो भएको छैन ।
गत भदौमा चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि सीमाका विषयमा चीनसँग छलफल भइसकेको बताए तर त्यो भ्रमण र भेटको नतिजा अहिलेसम्म फलदायी देखिएको छैन ।
त्यस्तै, हाल चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु नेपालको औपचारिक भ्रमणमा छन् । दशैं, तिहारजस्ता ठूला चाडपर्वका बेला चीनबाट आयात हुने सामान नेपाल भित्रिन सक्ने गरी तातोपानी र रसुवागढी नाका लगायतका नेपाल–चीन सीमानाका नाका तत्काल खोल्न सहजीकरण गर्न नेपाली नेताहरुले चिनियाँ पक्षलाई फेरि आग्रह गरेका छन् ।
लीले नेपाल–चीन व्यापार घाटा कम गर्न र सीमा नाका खोल्न पहल गर्ने आश्वासन पनि दिएका छ्न ।
नेपाल–चीन सीमानाका नाका खोल्ने धेरै पटक चिनियाँ नेताहरुले आश्वासन दिए पनि प्रतिवद्धता अनुसारको नतिजा देखिएको छैन । अब सीमाका विषयमा नेता ली झान्सुको नेपाल भ्रमण फलदायी हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै