आफु सांसद बने नयाँ तरिकाबाट बिकास गर्ने छु युवा नेतृ साहको प्रतिबद्धता

   २ आश्विन २०७९, आईतवार ११:२५  

राधेश्याम कुशवाहा
सर्लाही, २ असोज । नेपाली काँग्रेस सर्लाहीबाट प्रदेश सभाको साँसदमा समानुपातिक सूचीमा आफनो नाम समावेश भएकी युवा नेतृ अनिता साहले यदी आफू साँसद बन्न सफल भईयो भने नयाँ तवरबाट जनताको चाहना वमोजिम विकासका कामहरु गरेर देखाउने प्रतिबद्धता जनाएकी छिन् ।
पहिलो प्राथमिकता अनुसार सांसद बनेमा पिडितहरुको अवाज बन्ने छु, अब युवाहरुले देश हाक्ने समय आयो वृद्धहरु युवाहरुलाई यथोचित स्थान दिनुपर्नेमा जोड दिइन ।
नेकाले समानुपातिक सूचिमा आफ्नो नाम समेत समावेश गरेपछि काँग्रेस नेतृ साह निकै नै हर्षित भएकी हुन । पार्टीले सर्लाही क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाको समानुपातिक सांसदको लागि आफ्नो नाम सिफारिस गरी पठाएपछि निकै खुशि लागेको भन्दै उनी क्षेत्रकै कान्छी उमेदवार दावि गरिनुभएकी साहले पार्टी नेतृत्वलाई धन्यवाद दिइन ।
आगामी मंसीर ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनका लागि दलहरुले भोलि र पर्सि सम्म समानुपातिक सदस्यको बन्दसूचि बुझाउँदैछन् । पार्टीले बुझाउने बन्दसूचिमा आफू पर्ने दाबी गर्दै साहले समानुपातिक सांसद बन्न पाए सांसद भएर जनताको सेवा गर्ने ठुलो चाहना रहेको बताइन् । मलाई विश्वास छ नेपाली कांग्रेस पार्टीले मलाई मायाँ गरेको छ, । आफु सांसद भएपछि क्षेत्रवासीको समृद्धी, विकासमा लाग्ने छु, पिडितहरुको अवाज बन्ने छु, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने छु युवा नेतृ साहले दावी गरिन् । उनले अब देश हाक्न युवा सक्षम रहेको हुदाँ पनि आफुले उम्मेदवारी दिएको दावी गरे । सांसद बनेपछी विकासको लहर नयाँ तरिकाबाट गर्ने समेत नेतृ साहले टिप्पणी गर्नुभयो ।
पेशाले गृहणी भएपनि साह विद्यार्थीकाल देखि नै नेपाली काँग्रेसमा सक्रिय रहेकी छिन् । स्नातक तह सम्मको अध्ययन गरेकी साहले भनिन मास्टर डिग्रीको समेत तयारी गरिरहेको बताइन । आफू पनि देश र जनताको लागि केही गर्छु भनेर राजनीतिमा आएको बताउनुहुँदै साहले अब देश हाक्ने जिम्मा नै यूवालाई दिनुपर्ने बताए । प्रदेश सांसद उम्मेदवार साह चन्द्रनगर गाउँपालिका वडा नं. १ निवासी पत्रकार राकेश गुप्ताको श्रीमती हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै