सर्लाही, २ असाज । सर्लाही जिल्लाको भारत संग जोडिएको सिमानाकाहरुबाट अबैध रुपमा प्रतिबन्धित लागु औषध नेपालमा आइरहेका छन् ।
सर्लाहीको विभिन्न चोर नाकाहरुबाट लागुऔषध जस्तो प्रतिबन्धित सामाहरुको ओसार पसार भईरहदा पनि यदाकदा रुपमा प्रहरीले समातिने गरेको पाइएका हुन् । लागु औषधको कारोवारमा ठूला ठूला व्यक्तिहरुको संरक्षणमा उक्त कार्य जारी रहेको श्रोतले बताउँछन् ।
लालबन्दी र ब्रह्मपुरमा प्रतिबन्धित लागु औषध संगै चार जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका वडा नम्वर १ नबलपुर स्थित लचकामा पाँच किलो गाँजा सहित धनुषा सबैला नपा १२ का ४१ बर्षिय विनोद महरा र सोही स्थानका ४२ बर्षिय राजाराम कापरलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएका छन् ।
विशेष सूचनाको आधारमा महरा र कापर चढेको प्रदेश २–०२–००५ प २२०६ नम्वरको मोटरसाइकललाई लच्कामा रोकेर खानतलासी लिँदा झोलाभित्र लुकाएर राखेको पाँच किलो गाँजा प्रहरीले फेला पारेको थियो । मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा पक्राउ परेका महरा र कापरलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, नेपाल–भारत सीमावर्ती क्षेत्र स्थित ब्रह्मपुरी गाउँपालिका–३, झिम खोलाबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । खोलाको बाटो हुँदै भारत तर्फबाट लागूऔषध लिएर आउँदै गर्दा प्रहरीले धादिङको निलकण्ठ नगरपालिका–४, बस्ने २९ वर्षीय निगम घले र सर्लाहीकै बागमती नगरपालिका–२, ढुंग्रेखोला बस्ने ३१ वर्षीय रवि खड्कालाई पक्राउ नियन्त्रणमा लिएको जनाइएको छ ।
सशस्त्र प्रहरीको त्रिभुवननगर बेश र प्रहरी चौकी बाट खटिएको संयुक्त गस्ती टोलीले पक्राउ गरेको घले र खड्काको साथबाट लागूऔषध प्रोभिथा जाइन ३५ एम्पुल, डाइजेपाम ३३ एम्पुल र सादा नुरफिन ३३ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । पक्राउ परेको चारै जनालाई लागु औषध ओसारपसार मुद्दामा कारवाही प्रक्रिया सुरु गरिएको बताइएको छ ।
सर्लाहीको चोर नाका भएर ठूलो परिमाणमा लागु औषध मात्रै नभई खाद्यान्न, लत्ताकपडा, मोटर पाट्र्स लगायतका सामानहरु दैनिक रुपमा भित्रिरहेको भएपछि सुरक्षामा खटिएका सुरक्षा निकाय उदाशिन भएको कारण अबैध कारोवार सर्लाहीमा फस्टाउदै गएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन