आइएमई मोटर्सको लोन मेला आजबाट सुरु

230 Shares

असोज, २ असोज । आइएमई मोटर्सद्धारा प्रवद्र्धित अशोक ले ल्याण्डले ग्राहकहरुलाई लक्ष्ति गरेर लोन मेलाको आयोजना गर्ने भएको छ ।
आइएमई मोटर्सले संघिय राजधानी काठमाडौं, नेपालगञ्ज, जीतपुर, इटहरी र वर्दिवासमा असोज २ गते देखि ४ गते सम्म तथा विर्तामोड, बुटबल, धनगढी, हेटौडा, पोखरा र दाङमा यही असोज ६ गते देखि ७ गते सम्म दुई चरणमा लोन मेला लाग्ने गइरहेको हुँदा ग्राहकहरु भरपुर फायदा उठाउन आइएमई मोटर्स कर्पोरेट कार्यालय काठमाडौंले आग्रह गरेको हो ।
आइएमईद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा ग्राहक लक्ष्ति अफर सहित यस प्रकारको फाईनान्स सुविधा पनि कम्पनीले आफना ग्राहकहरुलाई दिदै आएका छन् । साना गाडी दोस्त, टिपर ट्रक साथै बसहरुमा यो सुविधा उपलब्ध गराइएको छ । यस्तो सुविधा नेपाल भरीका सबै शाखाहरुबाट लिन सकिने बन्दोबस्त मिलाइएको छ ।
मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम व्याजदरमा अधिकत्तम फाईनान्स सुविधाहरु सहित स्थलगत निर्णय गरिन्छ । रेमिटेन्स व्यवसायबाट चम्किएको आइएमई ग्रुप सन् २००१ मा स्थापना गरिएका थिए । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।
आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनिउपलब्ध गराउदै आएको छ उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
थप जानकारीका लागि १६६००१११००४१ र ९८०१५७४२४७

प्रतिक्रिया

सम्बन्धित समाचार