242
Shares
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७२ औं जन्म दिनको अवसरमा भारतको मध्य प्रदेश स्थित एक राष्ट्रिय निकुञ्जमा आठ वटा विदेशबाट ल्याएर छाडिएको छ ।
भारतमा सन् १९५० देखि लोप भएको चितुवालाई संरक्षण गरी पर्यटकलाई बढाउने उद्देश्यबाट अफ्रिकी देश नामिवियाबाट ८ वटा चितुवाहरु ल्याएर छाडिएको हो ।
लोप हुँदै गएका चितुवाहरुलाई संरक्षित गर्ने उद्देश्य अनुसारको परियोजना अन्तर्गत शनिवार मध्यप्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएका छन् । प्रधानमन्त्री मोदीको जन्म दिन पारेर उक्त चितुवालाई छाडिएको बताइएको छ । पाँच वटा पोथी र तिन वटा भाले गरी आठ वटा चितुवा छाडिएको भारतीय संचारमाध्यम एनआईएले जनाएको छ ।
नामिवियाबाट ल्याइएको आठ वटै चितुवालाई एक महिना सम्म क्वारेन्टीन गरिने त्यसपछि छाडिने समेत बझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन