काठमाडौं, २ असोज । काठमाडौं पछिको अन्तरराष्ट्रिय विमानस्थलको निर्माण निजगढमै उपयुक्त हुन् विज्ञ समुहले प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।
अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी सरकारद्धारा गठन गरिएको विज्ञ समूहले अध्ययन गरेर प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतवार हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समुहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका छन् । निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो खुलेको छ । सर्वोच्च अदालतको फैसला अनुसार पूर्ण क्षमताको अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो ।
नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिकलाई धान्न सक्ने पूर्ण क्षमताको अन्तरराष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन