हिजाव नलगाएको आरोपमा पक्राउ परेको युवतीको हिरासतमा मृत्यु

   २ आश्विन २०७९, आईतवार १५:१९  

इरान । इरानको एक २२ बर्षिया युवती महासा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि त्यहाँ ठूलो विरोध प्रदर्शन भईरहेको छ ।
उनलाई हिजाब नलगाएको आरोपमा धार्मिक प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको केही घण्टा मै उनको मृत्यु भएको थियो । अमिनी इरानको पश्चिम क्षेत्र स्थिति उनको घरबाट परिवार सहित राजधानीमा आफन्त भेट्न जाँदै थिइन् । त्यही समय प्रहरीले उनलाई हिजाब नलगाएको आरोप पक्राउ गरेको थियो ।
उनको अन्त्येष्टिका लागि भेला भएका मानिसहरूले पछि विरोध रयाली निकालेका थिए । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर बनाउन अश्रु ग्यास प्रयोग गर्नु परेको थियो ।
सामाजिक सञ्जालमा धार्मिक प्रहरी विरुद्ध धेरैले आक्रोश पोखिरहेका छन् ।
उनीहरूले महिलाहरूलाई अनावश्यक दुःख दिने गरेको भन्दै सो प्रहरी इकाई नै हटाउनुपर्ने माग समेत उठिरहेको छ । कैयौँ इरानी सेलिब्रिटीले तथा सुधारवादी राजनीतिज्ञहरूले अमिनीको मृत्युको विरोध जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै