रौतहट, २८ फागुन । चिनीया संसदले हङकङको चुनाव प्रणालीमा परिवर्तन गरेपछि लोकतान्त्रिक पद्धतिबाट चुनिएका प्रतिनिधिको शक्ति कम गर्ने निर्णय गरेको छ ।
चीनले हङकङलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत चिनियाँ प्रभुत्वलाई बलियो बनाउने प्रस्ताव जारी गरेको छ र हङकङको निर्वाचन व्यवस्थामा ठुलो परिवर्तन गरेको हो ।
चीनले हङकङमा आफ्नो नियन्त्रण थप कडा बनाउनको लागि चुनावमा जनताको भूमिका सिमित गरिदिएका छन् ।
चिनियाँ संसद (नेशनल पिपुल्स कांग्रेस) ले हङकङ निर्वाचन प्रणालीमा परिवर्तन सम्बन्धि प्रस्तावलाई शुन्यको तुलनामा २,८९५ मतले पारित गरको छ । यसको साथै हङकङको चुनाव समितिको अधिकार बढ्ने छ र चीनलाई हङकङको विधेयकको लागि धरै संख्यामा सदस्य चयन गर्ने अधिकार पनि मिलेको छ ।
हङकङमा जनताद्वारा चुनिएका सदस्यको संख्यामा कमि गरिएको छ । उक्त समितिलाई ७० सदस्यीय सदनको एक तिहाई सदस्यलाई चयन गर्ने अधिकार हुनेछ । चीनले यसलाई महत्वपूर्ण रुपमा रहेको बताएको छ तर अमेरिका, बेलायत र युरोपेली संघ सहित विश्वको थुप्रै देशले यस परिवर्तन प्रति चिन्ता व्यक्त गरेका छन् ।