प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारीको लागि बृहत प्रर्दशन “

   २ आश्विन २०७९, आईतवार २१:४८  


राधेश्याम कुशवाहा
सर्लाही, २ असोज । महिलाको समानुपातिक समाबेशी नेतृत्वको अधिकार समाज रुपान्तरणको आधार मुल नाराका साथ राष्ट्रव्यापी अभियानको क्रममा सर्लाहीको सदमुकाम मलंगवामा बृहत् विरोध रैली निकालिएको छ ।
मलंगवा नगरपालिकाको सहिद चौकबाट शुरु भएको विरोध रैलि नगरपालिका चोक हुँदै पु:न शहिद चौकमा आएर कोण सभामा परिणत भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा विभिन्न राजनीतिक परिवर्तन भएर संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर संविधानले राजनीतिकमा महिलाको सामुनापातिक समावेशीको अधिकार दिएपनी कागजमै सिमित हुन पुगेको मानव अधिकार रक्षक संजाल सर्लाहीका संयोजक मुकेश मिश्रले बताए ।
खास गरेर मधेशमा मुख्यमंत्री ज्युले ५०% आरक्षणको व्यवस्था भए पनि ठाउँ ठाउँमा बोल्दै गर्दा प्रत्यक्ष तर्फ चुनाबमा ५% पनि महिलाहरु लाइ सहभागिता न गराउनु , मंत्री मण्डल बनाउँदा पनि समान सहभागिता न गराउनु राजनितिक षडयन्त्र भएको र पितृसतात्मक सोच अहिले पनि समाजमा हावी रहेको टिप्पणी गरे ।
जनसंख्या को दृष्टिकोणले महिलाहरुको जनसंख्या पुरुष भन्दा बढी भएपनि राजनीतिक दल महिलाहरुलाइ हेपेर, पेलेर अगाडी बढे विद्रोह हुने चेतावनी समेत दिए ।
महिलालाइ समान सहभागिता न गराए, उपेक्षा गरिए महिलाहरु पनि एकजुट भएर दिशा परिवर्तन गर्न पछि पर्दैन भन्ने बक्ताहरुले जोडदार आवाज उठाएका थिए।
जसरी पुराना पार्टीहरुले बिगतमा पत्नी, सम्धिनी, भाइ, भाउजुलाई सत्तामा पुर्याउने खेलेको फोहोरी राजनीतिकको अन्त्य हुनुपर्ने सचिव सन्तोष कर्णले जोडदार माग गरे ।
मधेसमा पनि परिवारबाद र नाताकृपावादको राजनितिक खेल बन्द नभए काठमाडौं र धरान का जनता जस्तै स्वतन्त्र उम्मेदवार रोज्न बाध्य हुने जिकिर गरे ।
नेपाल राजनितिको पार्टीहरु र राजनेताहरुले देशलाइ सिन्डिकेट बनाएर आफ्नो पदलाइ सुरक्षित राख्न जस्तो सुकै कदम चाल्न थाल्छन भन्नेकुरा आम जनताले बुझिसकेका छन्। त्यसकारण यो सुन्दर देशलाइ बनाउनमा योग्य , इमान्दार, वफादार, उम्मेदवारलाइ मत दिएर आउँदो मंसिर ४ मा कसैको डर, त्रास, लोभमा न परी सही, सक्षम तथा दक्ष नेतालाई मत दान गर्नका लागि सहभागीहरुले अपिल समेत गरे ।
मानवअधिकार तथा महिला अधिकारको क्षेत्रमा रहेर काम गर्ने समाजिक संघ संस्थाको छाता संगठन को रुपमा रहेको मानव अधिकार रक्षक संजाल, सर्लाही, ओरेक नेपाल, ईन्सेक, निलहिरा समाज, प्रेरणा, राष्ट्रिय दलित कल्याण माइती नेपाल लगायत संस्थाको संयुक्त आयोजनामा विरोध रेलि निकालिएको ओरेक नेपालका प्रतिनिधि दुर्गा थापाले जानकारी दिईन ।
प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारीको लागि बृहत रैलिमा मानव अधिकार रक्षक सन्जालका जिल्ला संयोजक मुकेश मिश्र, सचिव सन्तोष कर्ण, दलित अधिकारकर्मी राजेश पासवान, निलहिरा समाजको जिल्ला संयोजक अब्दुल अहमद, ईन्सेक प्रतिनिधि बुधन साह, महिला अधिकारकर्मी लक्ष्मी सिंह, सरस्वती कुमारी महतो, मानव अधिकारकर्मी तथा पत्रकार राधेश्याम कुशवाहा, ओरेक नेपाल, सर्लाहीका प्रतिनिधि दुर्गा थापा, मनो परामर्शदाता ममता साह, विजडम कोचिङ सेन्टरका विधार्थी शिक्षक लगायत अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै