भारतमा दिपावली अघि ५जी सार्वजनिक प्रयोगका लागि खुला गर्न तयारी सुरु

   ३ आश्विन २०७९, सोमबार ०६:१५  

नयाँ दिल्ली । हरेक क्षेत्रमा भारत अघि बढिरहेको अवस्थामा प्रविधिमा पनि अन्य मुलुकहरुलाई उछिन्दै ५ जी लाई सार्वजनिक प्रयोगका लागि तयारी सुरु गरेको छ ।
फिनल्याण्डको प्रविधि कम्पनी एचएमडी ग्लोबलले भारतीय दूरसञ्चार कम्पनी रिलायन्स जियो सँग सहकार्य गरी भारतमा ५जी ल्याउन लागेको हो ।
एचएमडी ग्लोबलका प्रमुख कार्यकारी फ्लोरियन सिचले भारतमा ५ जी सार्वजनिक गर्नका लागि आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘भारतमा ५जी ल्याउन हामी उत्साहित छौँ ।’ प्रमुख कार्यकारी सिचलाई उद्धृत गर्दै भारतीय अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ ।
भारतमा यही दिपावली भित्रै राजधानी दिल्ली, कोल्काता, मुम्बई चेन्नई जस्ता सहरमा ५ जी सार्वजनिक गरिसक्ने र सन् २०२३ को अन्त्यसम्म ५जी प्रविधिलाई मुलुकभर विस्तार गर्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै