वृक्षरोपण गरेर सर्लाहीमा संविधान दिवस भव्यताका साथ मनाइयो

388 Shares

राधेश्याम कुशवाहा

सर्लाही, ३ असोज । कर्मचारी मिलन केन्द्र सर्लाही, र डिभिजन वन कार्यालय सर्लाहीको संयुक्त आयोजनामा वृक्षारोपण गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ भव्यताका साथ मनाइएको छ ।
सर्लाहीको सदरमुकाम मलंगवामा स्थित तिन विघे परिसरमा जिल्ला समन्वय समिति, सर्लाहीका उप–प्रमुख जितेन्द्र कुमार कुशवाहाले बिरुवा रोपी कार्यक्रमको शुभारम्भ गरे । सोही अवसरमा कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, मिलन केन्द्रका अध्यक्ष रामदरेश राय, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक प्रविण पोखरेल, सशस्त्र प्रहरी बल नेपाल १० नम्वर गणका सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया, राष्ट्रिय अनुसंधान जिल्ला कार्यालयका अनुसंधान निर्देशक चन्दन कुमार झा वृक्षारोपण गरेको हो ।
यसैगरी सोही कार्यक्रममा डिभिजन वन कार्यालयका साजन चौधरी, मलंगवा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, नेपाल निजामती कर्मचारी युनियनका कपिलदेव साह, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका रामनाथ साह, मिलन केन्द्र सचिव सुनिल कुशवाहा, कोषाध्यक्ष रामश्वार्थ महतो, सदस्य रंजन महतो, डिभिजन वन कार्यालयका कर्मचारीहरू लगायतले वृक्षारोपण गर्नु गरेका थिए ।
वृक्षरोपण कार्यक्रममा सहभागीहरुले एक अर्कालाई संविधान दिवशको शुभकामना दिदै आजको दिनले नेपाली नेपालीहरू बीच निरन्तर एकता, आपसी सद्भाव तथा सहयोगको भावनालाई थप उजागर गर्ने प्रेरणा एवं हौसला मिलोस भने कामना व्यक्त गर्दै संविधान दिवशको खुशी एक आपसमा साटासाट गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार