download zoom 5.6 zoom software download for pc free zoom can't download select a program download zoom pc học trực tuyến - download zoom pc học trực tuyến how do you download a zoom recording zoom app 5.0 zoom hoc online pc zoom ringtone download

कब्बडी खेलको लागि एकै पालिकाको ३ खेलाडी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट

   ३ आश्विन २०७९, सोमबार १३:१७  

राधेश्याम कुशवाहा

सर्लाही, ३ असोज । नवौं राष्ट्रिय खेलकुदमा प्रदेश स्तरीय खेल प्रतियोगिताका लागि सर्लाहीको एकै पालिकाका ३ खेलाडी छनौट हुन सफल भएका छन ।
कब्बडी खेलका लागि छनौट हुन सफल हुनेमा चन्द्रनगर गाउँपालिकाका आशा कुमारी महतो, चन्द्रीका कुमारी राउत र विवेक कुमार महतो रहेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
उनिहरु सर्लाही जिल्ला स्तरीय खेला प्रतियोगिताबाट छनौट भएर मधेश प्रदेश स्तरीय खेल प्रतियोगितामा सहभागी हुन जनकपुरधाम जान लागेका हुन । तिन जना खेलाडी छनौट हुँदा चन्द्रनगरको लागि गौरवको विषय रहेकोे उनले बताए ।
छनौटमा परेका तिनै जनालाई शुभकामना दिर्दै पालिका प्रमुख महतोले हाम्रा तीनै जना युवा खेलाहीहरुको साथमा रहोस भन्ने भगवान संग प्रार्थना गरेको छु उनले भने । प्रदेश स्तरीय खेलबाट छनौट भई नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने अवसर प्राप्त होस भन्दै उहाँले सफलताको कामना गर्दै शुभकामना समेत व्यक्त गरे ।
चन्द्रनगर गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर छनौट हुन सफल तीन जना खेलाडी सहित कोच संतोष कुमार सिंह लाई खेलमा सहभागी हुन सहज होस भन्दै ट्रयाक र जुता प्रदान गरेको छ । उनिहरुको आत्मविश्वास र हौसला बढाउन प्रमुख प्रशासकिय अधिकृत मदन कुवरले प्रदेश स्तरीय खेलमा सहभागी हुन प्रस्थान गर्नु अगाडी माला र खादा लगाएर सम्मान गर्दै शुभकामना दिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।
प्रदेश स्तरीय खेल प्रतियोगितामा सफल भई छनौट हुने खेलाडी २०७९ असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुने नेपाली खेलकुदको सबैभन्दा ठूलो महाकुम्भ खेल महोत्सवमा सहभागी हुन मौका पाउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै