अर्बौंको युरेनियम सहित चार जना पक्राउ

तराई टप संवाददाता
काठमाण्डौं, २८ फागुन । संघिय राजधानी काठमाण्डौको बौद्ध क्षेत्रबाट साढे २ किलो ग्राम युरोनियम सहित चार जनालाई प्रहरीले पक्राउ परेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रवार गरिएको पत्रकार सम्मेलन गरी साढे २ किलो युरोनियम सहित चार जना पक्राउ परेको जानकारी दिएको हो । उनीहरुलाई काठमाडौँको बौद्धक्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले प्रयोगशालामा परिक्षण गराउदा बाट बरामद भएको समान युरोनियम भएको पुष्टि भएको बताएको छ । नेपालमै पहिलो पटक बरामद भएको युरोनियमको मूल्य अर्बौंमा रुपैया भएको दाबी एआईजी हरी पालले गरेको छ । पक्राउ परेका चारै जना विरुद्ध विस्फोटक पदार्थ ऐन अन्तर्गत कारवाही गरिने उनले बताए ।