349
Shares
नयाँ दिल्ली । बेलायतमा रहेको भारतीय उच्चायोगले लेस्टरमा एउटा मन्दिरमा समप्रदायिक भीडले तोडफोड गरेको र त्यहाँ राखिएको भगवा झण्डा हटाइएको घटनाको ’कडा शब्दमा निन्दा’ गरेको छ ।
“हामीले यो विषयलाई बेलायती अधिकारीहरूसँग कडाइका साथ उठाएका छौं र… आक्रमणमा संलग्नहरूलाई तुरुन्त कारबाही गर्न माग गरेका छौं,” यसले भन्यो । आक्रमणको भिडियो ट्वीटरमा भाइरल भएको छ ।