download zoom for hp zoom browser 6.9 download skype zoom download zoom installation free zoom download for laptop windows 10 64 bit zoom app tricks how do i download a shared zoom recording free download zoom meeting app for windows 10 - free download zoom meeting app for windows 10

नागरिकता विधेयक आज राति १२ बजे सम्म प्रमाणिकरण भएन भने भोली देखि लोसपा सडक संघर्ष उत्रिने

   ४ आश्विन २०७९, मंगलवार २१:४५  

रौतहट, ४ असोज । संघिय दुबै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पठाइएको नागरिकता विधेयक मंगलवार राति १२ बजे सम्म प्रमाणीकरण नभएमा बुधवार देखि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आन्दोलन गर्ने भएको छ ।
लोसपा श्रोतका अनुसार दुवै सदनबाट पारित गरेर दोश्रो पटक राष्ट्रपति समक्ष प्रमाणिकरणको लागि पठाइएको नागरिकता विधेयक स्वीकृति प्रदान नगरिएमा भोली देखि लोसपा सडक संघर्षमा जाने बताएको हो ।
लोसपा कार्यकारी समितिको बैठकमा नागरिकता विधेयक पारित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई असोज ४ गते १२ बजे सम्मको समय सिमा दिइएको छ । यदी पारित भयो भने त्यसलाई स्वागत गरिने नत्र भोली साँकेतिक विरोध प्रदर्शन गरिने तथा थप संघर्षको कार्यक्रम भोली नै तय गरिने लोसपा श्रोतले तराई टपलाई जानकारी दिए ।
ति श्रोतका अनुसार राष्ट्रपति कार्यालय शितलनिवासमा अहिले पनि वैठक जारी रहेको छ । वैठकमा के भईरहेको छ भने थाहा नभएको तर लोसपा जनताको साथमा रहेको हुँदा जनअधिकारको लागि जे जस्तो सुकै संघर्षमा जाने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै