प्रधानमन्त्री मोदीले जे गरे त्यो सबै देशले गर्नुपर्छ ः अमेरिका

267 Shares

वासिंग्टन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विच भएको भेटघाटमा मोदीले अहिलेको समय युद्धको नभई विकासको भएको बताएपछि विश्वव्यापी रुपमा मोदीको सराहना भईरहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यो युक्रेनमा युद्धको समय नभएको तथा शान्तिपूण रुपमा द्धन्दको समाधान गर्नुपर्ने बताएका थिए । अहिले विकासको युग हो, यसमा आक्रमण वा युद्धको समय नभएको भन्दै मोदीले पुटिनलाई सुझाव दिएको कुरालाई लिएर अमेरिका सहित विश्वव्यापी रुपमा मोदीको मास्टरस्ट्रोक्सलाई सराहना गरिरहेको हो ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने, ‘हामी विश्वका हरेक देशले यो मुद्दा गरेको हेर्न चाहन्छौं । “उनीहरूले चाहेमा सार्वजनिक रूपमा गर्न सक्छन् । उनीहरूले चाहेमा निजी रूपमा गर्न सक्छन्,” तर अहिले युद्ध अन्तिम विकल्प नभएको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार