lil uzi vert zoom deep web download zoominfo pricing and plans - zoominfo pricing and plans is it safe to download zoom on my laptop zoom installation failed error 10006 - zoom installation failed error 10006 zoom pc download 32 bit zoom effect premiere pro download

विश्वको दोश्रो धनी व्यक्तिमा भारतको गौतम अडानी

   ५ आश्विन २०७९, बुधबार १४:५९  

नयाँ दिल्ली । भारतीय धनाढ्य गौतम अडानी विश्वकै दोस्रो सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । यससँगै अमेजन कम्पनीका मालिक जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको हैसियत गुमाएका छन् ।

ब्लुमबर्गको अर्बपति सूचांकमा अडानी द्रुत गतिमा माथि उक्लने क्रम जारी रहेसँगै बेजोस तेस्रो नम्बरमा झरेका हुन् । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा एलन मस्कपछि अब अडानी मात्रै छन् ।

पहिलोपटक कुनै पनि एसियाली व्यक्ति ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष दुईमा परेको यो नै पहिलोपटक हो । अडानीको कूल सम्पत्ति १४६ दशमलब ९ अर्ब डलर छ । उनी संसारकै सबैभन्दा धनाढ्य एलन मस्कभन्दा अझै धेरै पछाडि छन् । मस्कको कुल सम्पत्ति २६० अर्ब डलर छ ।

गौतम अडानी अडानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । उनले सन् १९८८ मा अडानी समूहका स्थापना गरेका थिए । अडानी समूहले कोइला व्यापार, खानिज, तेल तथा ग्यास अन्वेषण, बिजुली उत्पादन र वितरणजस्ता क्षेत्रमा कारोबार सम्हाल्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै