रौतहट, ५ असोज । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव रवीन्द्र मण्डल समुचित उपचारको अभावमा जीवन मरणको दोसाँधमा पुगेका छन् ।
गौर अस्पतालको आकस्मिक कक्षको सैयामा अक्सिजनको मद्दतबाट बाँचिरहेका पत्रकार मण्डललाई समयमा सहि उपचार नहुँदा थला परेर जीवन मरणको दोसाँधमा पुगेको पीडित परिवारले जनाएका हुन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको तत्कालिन सचिव रहेका मण्डल माधवनारायण नगरपालिकाको स्थायी कर्मचारी थिए । उनी उक्त नगरपालिकाको जिन्सी शाखा सम्हालिरहेको थियो । २०७६ सालमा भारतीय दुतावासबाट एम्बुलेन्स माधवनारायण नगरपालिकाले १५ अगस्तमा उपहार पाएको बुझ्न काठमाण्डौ गएका थिए । एम्बुलेन्सको साँचो बुझेर सोही दिन रौतहट फर्किने क्रममा काठमाडौं गौर चल्ने माँ कल्याणी बसमा यात्रा गरिरहेका मण्डल सुतिरहेको अवस्थामा हेटौडामा आएर उक्त बस दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर स्पाइनलकर्डको हड्डी भाँचिएपछि उनी अचेत भए । भरतपुर अस्पतालमा उपचार भएर होस पनि आयो । तर भरतपुर अस्पतालमा चिकित्सकले स्पाइनल कर्डको सर्जरी गरेपछि घाँटी भन्दा तल पुरै शरिर पारालाइज भएर थला परे । न बस साउले राम्ररी उपचार नगर्दा उनको श्रीमती मञ्जु देवी मण्डलले चारै तिर भौतारिदै उपचार गराउदै ठूलो रकम खर्चिए तर उनी निको भएन ।
बेडबाट उठिसक्ने अवस्था भएन, बेडमै सबै क्रियाकर्म गर्न बाध्य मण्डल विस्तारै विस्तारै थलापर्दै गए । अहिले उनको अवस्था अत्यन्तै नाजुक हुँदा गत १५ दिन अघि नेशनल मेडिकल कलेज विरगंजमा उपचारको लागि लगियो त्यहाँ चिकित्सके भेण्टिलेरमा राखेर उपचार गराउदा अन्तमा चिकित्सकले जवाफ दिदै अव तपाईहरु घर लानुस अव बाँच्दिन भनेर घर पठाएको तिन दिन वितिसक्यो गौर अस्प्तालमा अक्सीजनको सहायताबाट जीवन मरणको दोसाँधमा पुगेका मण्डलको पारिवारिक अवस्था निकै दैनिय भएको बताइएको छ ।
श्रीमती मञ्जुले भएभरका सम्पत्ती विक्री गरेर श्रीमानलाई बचाँउनमा लगाए, अव उपचार गर्न एक सुक्का छैन गहभरी आँशु झादै भनिन । सुनिन्छ संचारकर्मीहरुको कलममा ठूलो शक्ति हुन्छ अव तपाईहरुकै सहारामा श्रीमानको उपचार गराउछु, जव सम्म सास चलिरहेको छ तव सम्म उपचार जसरी भएर गराउने उनी भनिन ।
उनी भन्छीन माधवनारायण नपाबाट अहिले सम्म उपचार गराउन दिएको रकम पर्याप्त नभएपनि उहाँहरुले देखाएको सहानुभुती प्रति कृतज्ञता व्यक्त गर्दै उनले मेरो घरपरिवारको भविष्यलाई देखेर यथोचित सहयोग गर्न समेत नगरपालिका समक्ष आग्रह गरे । पाँच छोराछोरी मध्ये २ छोरीको विहेवारी भईसकेको र दुई छोरा र एक छोरीको अध्ययन अध्ययपन गराउनु पर्ने खाँचो छ अर्को तिर श्रीमानको उपचार नितान्त आवश्यक रहेको हुँदा आफू किम कर्तव्य विमुख अवस्थामा पुगेको उनले बताइन । संचारकर्मीहरुको आश छ तपाईहरुको मद्दतबाट बस व्यवसायीलाई कानुनी कठघेरामा ल्याएर समस्या समाधान गराइदिनु भन्दै विन्ती गरिन ।
गौर अस्पतालको शैयामा जीवन मरणको विच जंग लडिरहेको मण्डललाई सहयोग गर्न विभिन्न सहयोगी हातहरु अघि रहेको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखा ५१ हजार, गौर नपाको प्रमुख शम्भु साह ५१ हजार, निवर्तमान साँसद एवं एमाले स्थायी समिति सदस्य प्रभु साह ५० हजार, पूर्व मेयर अजय गुप्ता ५०हजार, माधवनारायण नगरपालिका १ लाख, गरुडा नगरपालिकाको उपनगर प्रमुख पुनम चौधरी, राजदेवी एफएमका संचालक त्रिपुरारी गुप्ता, लगायतका दर्जन भन्दा बढि सहयोगी हातहरु अघि बढेको हुँदा उनलाई जति सहयोग गरे कमै हुनेछ मानविय धर्मको निर्वाह गरौं एक व्यक्तिलाई जीवन दान प्रदान गर्नमा समाजका सबै तह र तप्काको उल्लेखनिय सहयोग जरुरी भएको देखिन्छ ।