नयाँ दिल्ली । नक्कली कम्पनी खडा गरेरे ठगी गरेको आरोपमा भारतमा एकजना पक्राउ परेका छन् ।
नक्कली कम्पनी खडा गरेको र मानिसहरुलाई ती कम्पनीमा उच्च तहको पद दिएर ठगी गरेको आरोपमा डोत्र्से नाम गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
राजधानी दिल्लीबाट भागेर पूर्वी बिहार राज्यमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका हुन् । पक्राउ पर्ने बेला उनी त्यहाँबाट सडकमार्गबाट भाग्ने तयारीमा रहेको भारतीय अधिकारीको भनाइ छ ।
पक्राउ परेपछि डोत्र्सेले आफू भारतको हिमाचल प्रदेशस्थित मन्डीको बासिन्दा भएको बयान दिएको बताइएको छ ।
चीनमा आधारित जिलियान हङकङ लिमिटेड नामक कम्पनीको भारतको गुणग्राममा रहेको शाखा जिलियान कन्सलेन्ट्स इन्डिया प्राइभेट लिमिटेड नामक कम्पनी, बैङलौरस्थित फिनिन्टी प्राइभेट लिमिटेड, हैदरावादस्थित हुसीज कन्सल्टिङ लिमिटेडजस्ता कम्पनीमा छामा मार्ने क्रममा उनको पहिचान भएको एएनआईले जनाएको छ ।