zoom error code 5003 windows 11 download zoom recordings from link skype zoom download zoom 5.0 download zoom download and install

मौलापुर नगरपालिकामा एक विगहा अफिम खेती नष्ट

   २९ फाल्गुन २०७७, शनिबार १९:४७  

रौतहट, २९ फागुन । नेपालमा प्रतिबन्ध रहेको लागु औषध १ विगहा अफिमको खेती रौतहट प्रहरीले शनिवार नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा प्रहरी प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहको कमाण्डमा गएको प्रहरी टोलीले मौलापुर नगरपालिका वडा नं. ७ सबैया पिपरीयाको विभिन्न स्थान गरी करिव एक विगहा जग्गामा लगाइएको अफिमको बिरुवालाई नष्ट गरेको हो ।
कानूनी बन्देज रहेको अवैध लागुऔषध अफिमको खेतीको बारेमा जानकारी आए पछि प्रहरीले बिरुवाहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक शाहले बताए । जिल्लाका अन्य स्थानहरुमा पनि प्रहरीले लागु औषध अफिमका बिरुवाहरुको विषयमा खोजी गरिरहेको र अफिम खेति भएको पाएमा त्यसलाई नष्ट गर्ने उपरिक्षक शाहले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै