zoom download not working network connection failed 1006 handyshare zoom download free what zoom app should i download zoom app download for windows 10 http//zoom.us/download en espa├▒ol zoom installer exe - zoom installer exe byui zoom download zoom app features and benefits

वल्डलिङ्क दशैंमा नेट टिभिको यासुडा टिभी अफर धमाका

   ७ आश्विन २०७९, शुक्रबार १७:४३  

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले दशैंको अवसरमा ‘वर्ल्डलिङ्क फेस्टीभिटि’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले आफ्नो सब्सक्रिप्सनमा तीन फरक–फरक आकर्षक डिल प्राप्त गर्न सक्नेछन् ।
यसमध्ये पहिलो प्याकेज ‘फास्ट अफर’ अन्तर्गत १,०५० रुपैयाँ प्रतिमहिना (वार्षिक सदस्यता) मा ग्राहकले डुअल ब्यान्ड राउटर र २०० एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै ‘टु राउटर’ प्याकेज अन्तर्गत १,०५० रुपैयाँ प्रतिमहिना (वार्षिक सदस्यता) मा ग्राहकले नोकिया बेकन १.१ मेस राउटर, डुअल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै उच्च कनेक्सन सहितको २०० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।
सबै प्याकेज एकै ठाउँमा प्राप्त गर्नको लागि भने ‘स्मार्ट अफर’ खरिद गर्न सकिन्छ ।
यसअन्तर्गत १,०५० रुपैयाँ प्रतिमहिना (वार्षिक सदस्यता) नोकिया बेकन १.१ मेश राउटर, २०० एमबीपीएसको इन्टरनेट सेवा र साथमा सेटटप बक्सको साथमा मासिक नेटटिभी १५० रुपैयाँमा प्राप्त गर्नेछन् । अफरमा उपलब्ध नोकिया बेकन मेस १.१ राउटरको लागि भने छुट्टै १५०० रुपैयाँ (डिपोजिट) जम्मा गर्नुपर्ने हुन्छ ।
यो अफर एक वर्ष, छ महिना वा तीन महिनाको प्याकेजहरुमा उपलब्ध छन् । उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकका लागि (नयाँ तथा हालका) लागू हुने कम्पनीले जनाएको छ ।

नेटटिभिको ३२ र ४३ इन्चको टिभि अफर

दशैंको अवसरमा नेट टिभिले नेट टिभि फेस्टीभिटि अफर ल्याएको छ । अफरमा नेट टिभिले सेटअफ बक्स र एक वर्षको ग्राहक शुल्कको साथमा उपभोक्ताहरुका लागी यासुदा कम्पनीको ३२ र ४३ ईन्चको टिभि उपलब्ध गराएको छ ।
३२ इन्चको एलइडी टिभि र सेटअप बक्स समेत एक वर्षको प्लानको मूल्य भ्याट सहित रु. १४ हजार ९९९ रहेको छ भने ४३ इन्चको स्मार्ट टिभिको सेटअप बक्स, एकवर्षको प्लान भ्याट समेत २९ हजार २९९ रहेको छ । दुवै प्लानमा सेटअप बक्सको धरौटी रु. ५ सय लाग्ने छ ।
दशैंको बेलामा सस्तो मूल्यमा आकर्षक प्याकेज सहितको टिभि अफर ल्याएको नेटटिभि प्रति ग्राहकहरुको आकर्षण समेत बढेको छ । वल्र्डलिंकले वाईफाई एक्सप्रेस मार्फत देशभर १४ हजार भन्दा धेरै स्थानहरुमा वाईफाई हटस्पट मा फ्रि फाईफाई प्रदान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै