फैसलाबाद । पाकिस्तानको फैसलाबादमा मेडिकलमा अध्ययन गर्दै गरेको एक छात्राले प्रेम विवाह गर्न अस्विकार गर्दा उनलाई निकै चरम यातना दिएको विरुद्धमा प्रदर्शन गरिएका छन् ।
पाकिस्तानको फैसलाबादमा अपहरणको एक दर्दनाक घटनाले पाकिस्तानी जनताको रिस उठाएको छ । यहाँ एक प्रभावशाली व्यापारीले एक मेडिकल विद्यार्थीलाई विवाह गर्न अस्वीकार गरेकोमा यातना दिएका थिए। मुख्य अभियुक्त शेख दानिश एक राजनीतिक रूपमा प्रभावशाली व्यापारी हुन्।
कम्तिमा पनि अन्य पाँच व्यक्तिहरूले बुधबार मेडिकल छात्रालाई अपहरण, यातना र यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ। शेख दानिशकी छोरी आना अलीले पनि फैसलाबाद घटनासँग सम्बन्धित एफआईआरमा उल्लेख गरिएका अपराधहरूमा आफ्ना बुबालाई सहयोग गरेको बताएकी छिन्।
फैसलाबाद पुलिसले दन्त चिकित्सा छात्रालाई यातना र यौ न दु र्व्यवहारमा संलग्न शंकास्पदहरूलाई सोधपुछ गर्न विशेष समिति गठन गरेको छ। दानिशका वकिलले दानिशले आफ्नी छोरीको उपस्थितिमा खादिजालाई बलात्कार गरेको ठम्याउन नसक्ने तर्क गरेका छन् । प्रहरीले मोवाइल फोन, कार र ल्यापटप बरामद गरेकोले भौतिक पुर्पक्षका लागि पुनरावेदन गर्नुपर्ने कारण नरहेको अभियुक्त पक्षले जनाएको छ ।