300
Shares
नयाँ दिल्ली । चीनको एकपक्षीय विभिन्न षड्यन्त्रको सामना गर्न भारत र अमेरिका मिलेर रक्षा क्षेत्रमा काम गर्दै अघि बढने सहमत भएका छ्न ।
चिनियाँको कडा प्रतिरोध गर्ने उद्देश्यले भारत र अमेरिकाले मिलेर ड्रोन बनाउने अर्थात् दुवै देशले मिलेर सुरक्षामा प्रयोग गर्ने ड्रोन बनाउने निर्णय गरेका हुन् ।
पेन्टागनका एक वरिष्ठ अधिकारीको अनुसार अमेरिका र भारत मिलेर ड्रोन विकास गर्न लागेको छ । किनभने वासिङ्टन र भारत मिलेर चीनलाई कडा प्रतिस्पर्धा गर्न एकअर्का सँग घनिष्ठ सम्बन्ध बनाएको छ ।