इशलामाबाद । मध्य जुन देखि पाकिस्तानमा आएको विनाशकारी बाढी पछि बढ्दो लामखुटेको टोकाईबाट हुने महामारीलाई नियन्त्रण गर्ने उद्देश्यबाट पाकिस्तानको स्वास्थ्य अधिकारीहरु भारतबाट ७१ लाख झुल खरिद गर्न अनुमति माग गरेको छ ।
बाढीको चपेटामा परेको पाकिस्तानको अवस्था अझै सुध्रिने नाम लिइरहेको छैन । पाकिस्तानमा विनाशकारी बाढीपछि अब लामखुट्टेको त्रास बढेको छ । यहाँ लामखुट्टेबाट सर्ने रोग बढ्दै गएको छ । यस्तो अवस्थामा पाकिस्तानका स्वास्थ्य अधिकारीहरूले भारतसँग ७१ लाख झुल किन्न अनुमति मागेका छन् । यो जानकारी बिहीबार दिइएको हो । बाढी प्रभावित क्षेत्रमा ‘प्लाज्मोडियम फाल्सीपेरम’ नामक मलेरियाका बिरामीको संख्या बढ्दै गएको बताइएको छ । दैनिक सयौंको संख्यामा यस रोगबाट पीडित हुने गरेको छ ।
NHS, R&C का एक अधिकारीले प्रतिवेदनमा भने, ‘राष्ट्रिय स्वास्थ्य सेवा (NHS), नियमन तथा समन्वय (R&C) ले भारतबाट करिब ७१ लाख झुल खरिद गर्न वाणिज्य मन्त्रालयसँग अनुमति मागेको छ।’ , ‘राष्ट्रिय औलो नियन्त्रण कार्यक्रमको प्रमुख दाता ग्लोबल फण्डले पाकिस्तानलाई भारतबाट लामखुट्टेको झुल खरिदका लागि तत्काल रकम उपलब्ध गराउने प्रस्ताव गरेको छ।