जि ७ को मेजवानी गर्ने अवसर भारतलाई

292 Shares

इन्डिया ग्लोबल पावर इन वर्ल्डः मोदी सरकारले विगत केही वर्षदेखि गरिरहेको प्रयासको फलस्वरूप अहिले सार्थक हुन थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले अहिले विश्वमा आफूलाई ठूलो विश्व शक्तिका रूपमा स्थापित गरेको देखिन्छ । यो वर्ष भारतले विश्वका प्रमुख अन्तर्राष्ट्रिय संस्थाको अध्यक्षता पाउने भएको छ । यससँगै विश्वका धनी राष्ट्रहरूको संगठन जी–७ मा समावेश गर्ने विषयमा पनि छलफल भइरहेको छ । यदि यसो भयो भने, यस संस्थाको नाम परिवर्तन गरी G-8 हुनेछ ।

सांघाई सहयोग संगठन (SCO) को अध्यक्षता भारतलाई आएको छ र यसको सम्मेलन आगामी सेप्टेम्बरमा भारतमा हुने भएको छ । यो संगठनमा भारत बाहेक रुस, चीन, पाकिस्तान र मध्य एसियाका ५ देश सामेल छन् । यस सम्मेलनको अध्यक्ष भएकाले भारतले आतंकवाद र विदेशी आर्थिक सहयोग जस्ता मुद्दामा प्रस्ताव पारित गरेर पाकिस्तानमाथि कारवाही गर्न सक्नेछ ।                                                          G-20 को अध्यक्षता भारतले गर्ने                            

 यससँगै भारतले यसै वर्षको डिसेम्बरमा विश्वका विकसित र विकासशील देशहरूको प्रमुख संगठन G-20 को अध्यक्षता पनि पाउनेछ। अर्को वर्ष यस प्रभावशाली संस्थाको सम्मेलन भारतमा हुने भएको छ । यस संस्थामा अमेरिका, रुस, चीन, भारत, इन्डोनेसिया, बेलायत, फ्रान्स, अष्ट्रेलिया, साउदी अरेबियालगायत धेरै प्रभावशाली देशहरू सामेल छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार