लहानको मालपोत कार्यालयमा गोइत समुहद्धारा बम विस्फोट ६ घाईते एकको अवस्था गम्भीर

606 Shares

तराई टप संवाददाता
सिरहा, १ चैत । सिरहा जिल्लाको लहान नगरपालिकामा रहेको मालपोत कार्यालयमा आईतवार बम विस्फोट भएको छ ।
लहान नगरपालिका वडा नम्वर ८ स्थित मालपोत कार्यालयमा आईतवार दिउसो अत्याधिक सेवाग्रहीको भिडभाड रहेको वेला बम विस्फोट भएको हो । बम विस्फोटमा परेर ६ जना सेवाग्राही घाईते भएका मध्ये एक जना गम्भीर घाईतेलाई थप उपचारको लागि हेलीकप्टरबाट काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।
घाईतहरु मध्ये धगढीमाई नगरपालिका १३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाइएको छ सिरहा प्रहरीले जानकारी दिए । यसैबीच, बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । एक विज्ञप्ति जारी गर्दै गोइतले तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत उक्त स्थानमा बम विष्फोट गराएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार