रौतहट, ८ असोज । रौतहटको १८ स्थानीय तह मध्ये एकमात्र पालिकामा नेकपा माओवादी
जित्न सफल भएपनि सत्तारुढ गठबन्धन भित्रकै घटक दल बाधक रहेको हुँदा दुर्गा भगवती गाउँपालिकामा गाउँ सभा हुन पाएको छैनन् ।
१६ नगरपालिका र २ गाउँपालिका सहित रौतहटमा १८ वटा स्थानीय तह रहेका हुन् जसमध्ये नेकपा माओवादी केन्द्रको प्रमुख, उपप्रमुख, दुई वडाध्यक्ष जित्न सफल भए तर गाउँ सभा गर्न चाहिने बहुमत भएन । ३ वडाध्यक्ष सहित १६ जना नेपाली काँग्रेसका सदस्यहरु निर्वाचित भएपछि बहुमतिय गणितमा माओवादी असफल रहन पुगे ।
गाउँ सभा गराउन पालिका अध्यक्ष शम्भु सिंह सहितका पदाधिकारीहरु पटक पटक नेपाली काँग्रेसबाट निर्वाचित भएका पदाधिकारीहरु संग छलफल वार्ता गरेपनि गाउँ सभा गर्न नदिने अवस्थामा पुर्याएका बताइएको छ । गठबन्धनको नेतृत्वमा रहेको सरकारकै घटक दल द्धारा गाउँ सभा हुन नदिनु साह्ै विडम्बना रहेको गाउँपालिका अध्यक्ष शम्भु सिंहले गुनासो पोखे ।
स्थानीय तह शासन व्यवस्था अुनसार आर्थिक बर्ष सकिनु अगावै अर्थात असार १० गते भित्र अगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेर गाउँसभाबाट पारित गराई कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने प्रावधान रहेको छ तर गाउँ सभा हुन नपाउदा सामान्य कर्मचारी सरह प्रमुख प्रशासकीय अधिकृतलाई रहनु परेको विड्म्बना दुर्गा भगवती गाउँपालिकामा सृजना भएको बताइएको छ ।
नेपाली काँग्रेसका तत्कालिन जिल्ला सचिव राजेश चौधरी पदत्याग गरेर एमालेमा प्रवेश गरेपछि केही सदस्यहरु उनी संग रहेको छ, केही सदस्यहरु पूर्व प्रमुख अरुण साह संग छ र केही सदस्य काँग्रेसकै नागेन्द्र साह संग रहेको हुँदा सबैको आ आफनो स्वार्थ रहेको तथा उक्त स्वार्थ पुरा गर्न गाउँपाकिला असमर्थ रहदा गाउँ सभा हुन नदिने वातावरणको सृजना गरेको पालिका अध्यक्ष सिंहले गम्भीर आरोप लगाए ।
गाउँ सभा गर्नु अघि नेपाली काँग्रेसका जिम्मेवारहरु १० सूत्रिय माग अघि सारेका थिए । जसअनुसार कामै नगरी पेश्की दिएकाहरुलाई फर्छयौट गरी रकम दिनुनर्पे, घरमा बसेर तलव खानेहरुलाई बहाल गर्नुपर्ने, उपभोक्ता समिति गठन भएकाहरुको कामै नगरेकाहरुलाई भुक्तानी दिनुपर्ने, शिक्षामा न्युक्ति दिनुपर्ने, ग्यास सिलिण्डर लगायतका सामानहरु खरिद गर्न लाखौं पेश्की लिएको तर उक्त सामान लक्ष्ति वर्ग सम्म नपुगेपनि सोको भुक्तानी दिनुपर्ने, प्रत्येक वडामा १ करोड भन्दा माथिको बजेटको सिलिंग दिनुपर्ने लगायतको वाहियात शर्तहरु अघि सारेको जसमा अधिकाँश मागहरु पुरा गर्न ऐन र नियमावली नमिल्ने भएको हुँदा उनीहरु गाउँसभा गर्नमा बाधक बनेको पालिका श्रोतले तराई टपलाई बताए ।
गाउँ सभा नहुँदा विकास बजेट, समाजिक सुरक्षा बजेट, कर्मचारीको तलब लगायतका विभिन्न कार्यहरु अवरुभएको हुँदा अविलम्ब सम्बध निकाय वा नेपाली काँग्रेसको केन्द्रीय र प्रदेश समितिको ध्यान जानुपर्ने आवश्यक्ता महसुस गर्दै अध्यक्ष सिंहले जनताको विकास कार्यमा बाधक नबनी निशर्त गाउँ सभा गराउनमा सबै पक्षको उनले तराई टप मार्फत ध्यानाकर्षण गराए ।
एक स्थानीय नेताका अनुसार सत्तारुढ गठबन्धन भएपनि घटक दललाई वाइपास गरेर दुर्गा भगवती गाउँपाकिलामा एमालेको भातृ संगठनको रुपमा नेपाली काँग्रेस प्रस्तुत भईरहदा आउदो निर्वाचनमा समेत यसबाट धेरै प्रभाव पर्न सक्ने चेतावनी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन