जनता आवास कार्यक्रम अन्तर्गत निर्माणाधिन भवनको गुणस्तरियता माथि प्रश्न चिन्ह खडा

   १ चैत्र २०७७, आईतवार १७:०७  

प्रभातकुमार झा
रौतहट, १ चैत । विश्व व्यापी कोरोना महामारीका कारण समयमै निमार्ण हुन नसकेको जनता आवास कार्यक्रम सुस्त गतिमा निर्माण कार्य भइरहदा उपभोक्ताहरु भवनको गुणस्तर माथि प्रश्न चिन्ह खडा गरेको छ ।
दलित, असहाय तथा अति विपन्न समुदायको परिवारहरुलाई पक्की घर बनाइदिने उद्देश्यका साथ प्रदेश सरकारबाट जनता आवास कार्यक्रम अन्तर्गत घरहरु निमार्ण कार्य कोभिडको कारण समयमै निर्माण कार्य सुरु हुन पाएनन् ढिलै भएपनि सुस्त गतिमा भईरहेको काम प्रति लक्ष्ति वर्गले प्रश्न खडा गरेको हो ।
एक परिवारको लागि भवन निमार्ण गर्न प्रदेश सरकारले तीन लाख पच्चास हजार रुपैया विनियोजन गरेको भएपनि आवास भवन निमार्ण कार्य गुणस्तीय हुन सकेको छैन । सरकारले कम लगानीमा पक्की घर दिने भनिएपनि उक्त रकम अपुग भएको तथा गुणस्तरहिन निर्माण भईरहेको आरोप स्थानीयहरुको रहेको छ ।
दलित समुदायको उत्थानको लागि प्रदेश सरकारले पक्की घर निमार्ण कार्य सुरु गरेको तर कम बजेट छुट्याउदा पुर्ण तथा गुणस्तरीय घर बनाउन नसकिने भएको स्थानीय रामकली देवीले भनिन् । सरकारको चासो मात्र फुसको छाना भएको घर हटाएर पक्की घरको सपना देखाउनु मात्र हो उनले गुनासो गरिन । यस प्रकारको घर निर्माणबाट दैवि विपदा आउदा झनै जोखिम बढाएकोमा उनले चिन्ता व्यक्त गरिन ।
घर निमार्णको लागि प्रदेश सरकारबाट पिलरमा एउटा मात्र रड दिने तथा टाई बिमहरुमा दुई वटा रड दिएर आवास बनाउने योजना अनुसारको कार्य सुरु गरिएको तर भवन उपभोग गर्ने व्यक्तिहरुले दैवी विपदाबाट जोगिन आ आफ्नो इच्छा अनुसार डण्डीहरु बढाईरहेको गौर २ दलित बस्तीका रामसोगारथ मुसहरले बताए ।


घर एक पटक मात्र बनाईन्छ तर, सरकारको कम लगानी र गुणस्तरहीन काम प्रति आफुले आपत्ती जनाउँदै रकम थप गरेर आफ्नो घर बनाउन लागेको बताए । सरकारको लगानी अनुपातमा दोब्बर खर्च हुने गरेको तर दिगो निमार्णका लागि थप लगानी गर्दा हामी जस्ता दलितहरुलाई अहिले आर्थिक समस्याले सताएको छ पिडितहरुले गुनासो गरे ।
फुसको छानाबाट पक्की घर निमार्ण भईरहदा दलितहरु खुशी भएको तर गुणस्तरीय काम गराउने तर्फ उनीहरु सचेत बनेका छन् । दलितहरुनै उपभोक्ता समितिमा बसेको कारण काम गुणस्तरीय बनाउन एकजुट भईरहेका छन् बेला बखत साहुमहाजनले दुई अथवा तीन नम्बर इट्टा पठाएपनी उनीहरु चनाखो भई तत्कालै फिर्ता गर्ने गरेको मुसहरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै