केपी ओलीकै पथमा राष्ट्रपति भण्डारीको कदम

426 Shares

रौतहट । केपी शर्मा ओली उट्पटाँग उखान टुका एवं बोलीबाट क्षणिक रुपमा जनतालाई मग्नमुग्ध पार्ने अभिव्यक्ति प्रसिद्ध छन् त्यसै क्रममा प्रधानमन्त्री भएकै वेलामा एउटा उभिव्यक्ति उनले दिएका थिए जनु अहिले हुबहुँ महामहिम राष्ट्रपतिले लागु गरेको महसुस भईरहेको राजनीतिक विश्लेशकहरु बताउछन् ।
ओली एक कार्यक्रममा भनेका थिए, प्रधानमन्त्री पदबाट हट्नु परेमा कुर्सी नै भाँचिदिन्छु । ओलीको कुर्सी भाँच्ने शब्दको गहिरो अर्थ थियो । उनले संविधानलाई मिचेर असंबैधानिक रुपमा संसद विघटन गरिसकेको थिए । उनले कुर्सी भाच्ने भनेको व्यवस्थालाई नै उल्ट्याउने योजना बनाएको थियो । उनको सो योजनालाई तत्कालिन प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा सहित राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको थियो । ओलीले नेपालमा राजतन्त्र फर्काउने योजना विरुद्ध जनता सडकमा उर्लिएपछि ओली असफल भए र आधा भाँचिएको कुर्सीमा नयाँ प्रधानमन्त्री शेरबहादुर देउवा बसेर सत्ता सम्हालिरहेका छन् ।
अहिले जबराको पैँचो तिर्न र ओलीको कुर्सी भाँच्‍ने अधुरो योजनालाई पूरा गर्न राष्ट्रपति विद्या भण्डारी तदारुकताका साथ लागिरहेकी छन्। उनले संविधानको धारा ११३ को उपधारा ४ विपरीत नागरिकता विधेयकलाई शीतल निवासमा थन्क्याएर संसदीय मर्यादा माथि प्रहार गरिरहेकी छिन्।
अर्कोतर्फ चोलेन्द्रलाई साथमा राखेर न्याय प्रणाली माथि नै प्रश्न उठ्ने गरी व्यवस्था विरुद्धको काममा सक्रिय छिन्। राष्ट्रपति भण्डारीले संविधान, संसदीय प्रणाली र न्याय प्रणालीलाई नै ध्वस्त पार्ने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रयासमा साथ दिएकी छिन्।
मुलुकको संविधान कुल्चनका लागि जबरजस्ती गरी सर्वोच्च अदालत प्रवेश गर्न लागेका निलम्बित प्रधानन्यायाधीश जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको कारवाही प्रारम्भ भएको हुँदा संविधानको धारा १०१ (६) तथा प्रतिनिधिसभा नियमावली, २०७५ को उपनियम १६१ (९) बमोजिम उक्त महाभियोगको कारबाहीको टुङ्गो नलागेसम्म निजले आफ्नो पदको कार्यसम्पादनको गर्न नपाउने यसअघि नै जारी पत्रमा उल्लेख हुँदाहुँदै जबरा न्यायालयप्रतिको विश्वासलाई नामेट पार्न लागेका छन्।
उनको यस कदमलाई राष्ट्रपति भण्डारीले सहयोग गरिरहेकी छन्। राष्ट्रपति भण्डारीले उनलाई संविधान दिवसको अवसरमा प्रधानन्यायाधीशकै हैसियतमा शीतल निवास आउन पत्र पठाएकी छन्। राष्ट्रपतिका पछिल्ला यी गतिविधिहरूले उनले ओलीको कुर्सी भाँच्‍ने योजनालाई सफल पार्न उनी लागिरहेको स्पष्ट हुन्छ। त्यती मात्रै नभई संघिय गणतान्त्रिक मुलुक नेपालको पहिलो राष्ट्रपति डा. रामबरण राय यादवले पनि भण्डारीको कदम विरुद्ध अभिव्यक्ति दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।