“हात्ति चैंइठ, घोडा पिचैंइठ, गगनधुप उडइत” दुर्गा मन्दीर मत्सरीमा बेलन्यौतन शोभा यात्रामा सहभागी बनौं

948 Shares

दुर्गा भगवती (रौतहट) १० असोज । “हात्ति चैंइठ, घोडा पिचैंइठ, गगनधुप उडइत” झै यसपाली षशठी तिथिका दिन बेलन्यौतन कार्यक्रममा निकालिने शोभा यात्रालाई भव्य एवं सम्भ बनाउने आवश्यक तयारी गरिएको छ ।
तराई मधेश सहित सिमापारी भारतमा समेत मत्सरी दुर्गा पुजा प्रख्यात रहेको हो । मत्सरीमा विगत एक सय बर्ष भन्दा बढि समय देखि तान्त्रिक विधि विधान अनुसार नवदुर्गाको पुजा हुने गरेका छन् ।


शक्तिपिठको रुपमा स्थापित मत्सरी दुर्गा मन्दीरमा पुजाको खास महत्व मानिन्छ । मत्सरीका युवाहरुद्धारा पुजामा नयाँपना झल्काउने उद्देश्यबाट षष्ठी तिथिका दिन हेलिकप्टरबाट शोभा यात्रामा पुष्प वृष्टि गराउने प्रबन्ध मिलाउदै आएको छ । “हात्ति चैंइठ, घोडा पिचैंइठ, गगनधुप उडइत” भने झै बेल न्यौतनका दिनमा सजाइएका हात्ति, घोडा र हेलीकप्टरको व्यवस्थापन गरिएको स्थानीय युवा मुकेश झाले तराई टपलाई बताए ।


माँ भगवतीको असिम अनुकम्पाले काठमाडौं सहित मुलुकको विभिन्न स्थानमा रहेका मत्सरीका युवाहरु आफनै खचैले दुर्गा माताको शोभा यात्रामा १ हात्ति, ५ घाडा र १ हेलीकप्टरलाई यसपाली सहभागी गराउने योजना अनुसार काम भईरहेको उनले भने । बर्षभरी बाहिर रहेर देश र जनताहरुको सेवा गर्दै आएका मत्सरीका युवाहरु स्वस्फूर्त रुपमा यस्ता नयाँ नयाँ कार्यक्रमहरु ल्याउने गरेको झाले जानकारी दिए ।
यस्ता विशेष कार्यक्रममा आयोजना भइरहदा माताको आशिर्वाद लिन तथा शोभा यात्रामा अनिवार्य रुपमा सहभागी पूण्यको भागी बनौं भन्दै हिन्दुधर्मावलम्बीहरु संग मत्सरीका युवाहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार