मालपोत कार्यालय लहानमा प्रेशरकुकर बम विस्फोटमा परेर घाईते भएका भण्डारीको उपचार काठमाण्डौको ट्रमा सेन्टरमा हुदै

   चैत्र १, २०७७  
677 Shares

तराई टप संवाददाता
काठमाण्डौं, १ चैत । सिरहाको लहान स्थित मालपोत कार्यालय आईतवार प्रेशरकुकर बम विस्फोटनमा परेर गम्भीर घाईते भएका दिनेश भण्डारीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
आइतबार दिउँसो पौने १ बजे मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनको अहिले काठमाडौंको विर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
लहानको मालपोत कार्यालयमा बम विष्फोटमा परेर नायव सुब्बा सहित ८ जना घाइते भएको छ, जयकृष्ण गोइत नेतृत्व समूहको पम्पलेट भेटिएको छ । प्रेसर कुकर बम विष्फोटमा परेर मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपन दाहालले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै