धनुषामा ब्राउन सुगर सहित दुई जना पक्राउ
तराई टप
१० आश्विन २०७९, सोमबार १८:११
धनुषा, १० असोज । धनुषा जिल्लाको विदेह नगरपालिकाको महिनाथपुरबाट ब्राउन सुगर सहित दुई जना सहित पक्राउ गरेको छ ।
सिमापारी भारतबाट नेपाल प्रवेश गर्दै गरेका स. ६ प. ८०८६ नम्वरको मोटरसाइकलमा युवा र युवतीलाई चेकजाँच गर्दा हेलमेटमा लुकाएर राखिएको अवस्थामा १६.८५ ग्राम ब्राउन सुगर सहित पक्राउ गर्न धनुषा प्रहरी सलल भएको हो ।
ब्राउन सुगरसहित सिरहाको कर्जनहा नगरपालिका २ बन्दीपुर छगरियाका २३ वर्षीय महादेव मण्डल र १९ वर्षीया अस्मिता खत्री पक्राउ परेका छन् । मण्डलले लगाएको मोटरसाइकलको हेलमेटको भित्रि भागमा कालो प्लास्टिक भित्र लुकाई छिपाइ ब्राउन सुगर राखेका थिए । प्रहरीले उनीहरुको साथबाट दुई थान मोबाइल, मोटरसाइकल र ब्राउन सुगर बरामद गरेका थिए ।
उनीहरु माथि लागु औषध सम्बन्धि मुद्दा चलाइने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै