ओली पक्ष र नेपाल पक्ष विच धुमवराहीमा बसेको छलफल निष्कर्ष विहिन

   २ चैत्र २०७७, सोमबार १५:०३  

तराई टप संवाददाता
काठमाण्डौं, २ चैत । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बीच धुमबराहीमा सहमती गर्न बसेको छलफल बैठक विना निष्कर्ष सकिएको छ ।
एमाले भित्रको दुवै पक्ष बीच करिब २ घन्टा सम्म भएको छलफलमा आपसमा रहेको विवाद समाधान गर्ने कुनै विन्दुमा नपुगी विना निष्कर्ष सकिएको हो । छलफल विवाद समाधान नभएपनि सकारात्मक भएको दुवै पक्षका नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल बीच करिब ४ महिना पछि भेटवार्ता भएको हो । सोमबारको छलफलमा दुवै पक्षबाट मन माझ्ने र तितो पोख्ने काम भयो । बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको नेपाल लगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेका थिए भने प्रधानमन्त्री ओलीले त्यसलाई प्रतिष्ठाको विषय नबनाउन आग्रह गरे पनि निर्णय सच्चाउने संकेत भने दिएका छैनन् ।
प्रधानमन्त्री ओलीले छलफलका लागि नेपाल पक्षलाई बालुवाटार बोलाएका थिए । तर, नेपाल पक्षले बालुवाटार नजाने अडान लिएपछि प्रधानमन्त्री ओली धुम्वाराही आएका थिए । एमालेका उपाध्यक्ष भीम रावलले फागुन २८ को निर्णय फिर्ता लिएपछि मात्रै थप वार्ता हुने स्पष्ट पारे । छलफल राम्रै भयो तर कुरा केही मिलेको छैन । वामपन्थी सम्पूर्ण शक्ति एकतावद्ध हुनुपर्छ । नेकपा एमालेलाई विभाजन हुने कुनै पनि क्रियाकलापको हामी विरुद्धमा छौं । पार्टीको विधान, प्रणाली र औपचारिक गतिविधिबाट नभएका निर्णयहरु मान्य हुनेछैनन् । फागुन २८ गते भएको बैठकको निर्णयलाई स्थगित गरिनुपर्छ वरिष्ठ नेता नेपाल पक्षले अडान राखेका छन् ।’
बैठकमा सहभागी सुवास नेम्वाङले फागुन २८ गतेको निर्णयल गायतक विषयमा मतान्तर रहे पनि छलफल सरकारात्मक रहेको बताए । अर्का सहभागी रघुजी पन्तले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ’वार्ता सौहार्यदपूर्ण भयो । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओली सहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए । अर्को समूहबाट नेपाल संगै भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त लगायत सहभागी भएपनि वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएनन् ।
अध्यक्ष ओलीले आउदो चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दैछ । दुवै पक्षले फरक फरक रुपमा भेला र बैठक आयोजना गर्दा विभाजन झन् जटिल हुने खतरा देखिए पछि दुवैतिरका तटस्थ नेताहरूको पहलमा धुम्बाराही बैठकको पहल गरिएको हो

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै