मधेश प्रदेशमा २३७७१ म्यादी प्रहरी खटिने

   ११ आश्विन २०७९, मंगलवार १६:०९  

रौतहट, ११ असोज । अगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सुरक्षार्थ मधेश प्रदेशमा २३७७१ जना म्यादी प्रहरी खटाइने भएको छ ।
मधेश प्रदेशको ८ वटै जिल्लामा उक्त संख्यामा म्यादी प्रहरी खटाइने भएपछि तिनीहरुको भर्ना कार्य सुरु भइसकेको हो । सप्तीरमा ३२७८, सिरहामा २८०९, धनुषामा ३४८३, महोत्तरीमा २८०१, सर्लाहीमा ३३०७, रौतहटमा २९३९, वारामा ३१४४ र पर्सामा २००७ जना गरी प्रदेशभरीमा २३७७१ म्यादी प्रहरी खटाइने जनाएका छने ।
जसमा सबभन्दा बढी धनुषामा ३४८३ र सबभन्दा कम पर्सा जिल्लामा २००७ जना खटाइने छ । मधेश प्रदेशमा २३ हजार ७७१ म्यादी प्रहरीको लागि खोलेको भर्नामा ६२ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै