रौतहट, १२;असोज। विद्युतका ग्राहकहरुलाई महसुल तिर्न गौर गएर तिर्न झन्झटिलो भइरहदा आज देखि दुर्गा भगवती गापाको गंगा पिपरामा महसुल काउन्टर संचालनमा आएको छ ।
गाउँ पालिका अध्यक्ष शम्भु सिह र वडाध्यक्ष डिके झाको अथक प्रयासबाट बुधवार पिपरा बजारमा आय काउन्टर को स्थापना गरिएको हो ।
आय काउन्टरको उदघाटन गर्दै नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश प्रमुख मुनिन्द्र ठाकुले नियमित एवं भरपर्दाे सेवाको लागि विद्युत प्राधिकरण पूर्ण रुपमा कटिबद्ध रहेको बताए । नेपाल कृषि प्रधान देश भएपनि मधेशलाई अन्न भण्डरको रुपमा मानिएको तर यहाँका किसानहरुलाई सिंचाइको समुचित व्यवस्थापन नभएको हुदा खाद्यान्नको लागि भारतमाथि निर्भर रहनु परको जिकिर गरे ।
पछिल्लो समयमा प्राधिकरणले फड्को मारेको हुदा अब किसानले चाहेमा खेतखेत सम्ममा विजुलीको व्यवस्थापन गरेर विद्युतिय मिटरबाट सिचाइ गरेर उब्जनी गर्न सकिने उनले भने । त्यसको लागि स्थानीय तहबाट बाेर्डको निर्णय गरेर पठाएमा कृषि मिटर उपलब्ध गराउने प्रमुख ठाकुरले स्पष्ट पारे ।
गापा अध्यक्ष शम्भु सिहले पालिकाबासी को हितलाई ध्यान दिएर आय काउन्टरको स्थापना गराएर सानै भएपनि जनता संग प्रत्यक्ष सरोकार राख्ने कार्यको थालनी गराउन पाएकोमा खुशि व्यक्त गरे ।
वडा नम्बर ३ का अध्यक्ष तथा युवा नेता डिके झाले दुर्गा भगवतीमा विद्युतको अवस्था राम्रो बनाउने हाम्रो टिमवर्क जारी रहेको परिणामस्वरूप ट्रान्सर्फमर, महसुल काउन्टर सहितको सुविधा ग्राहकलाई उपलब्ध गराएर सुरुआत गरिएको हुदा दुर्गा भगवती गापामा रहेका किसानहरुलाई कृषि मिटर उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरका प्रमुख विजय महतोको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा प्राधिकरणका कर्मचारी का साथै समाजसेवी भुजेन्द्र झा, नवीन झा, विरेन्द्र पाण्डे सहितका स्थानिय ग्राहकहरुको उपस्थित रहेको प्राधिकरणको कर्मचारी संदिप सिहले जानकारी दिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन