फागुन २८ को निर्णय बैधानिक नभएको हुँदा शुन्यमा राख्नुपर्ने तर ओली पक्षले नमानेको वरिष्ठ नेता नेपालको प्रतिक्रिया

   चैत्र २, २०७७  
703 Shares

तराई टप संवाददाता
काठमाण्डौं, २ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फागुन २८ गतेको निर्णय बैधानिक नभएको हुँदा त्यसलाई शुन्य अवस्थामा राख्नु पर्ने प्रतिक्रिया दिएका छन् ।
धुमवराहीमा २ घण्टा सम्म भएको छलफल पश्चात बाहिर निस्किएका वरिष्ठ नेता नेपालले संचारकर्मी संग कुरा गर्दै प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा फागुन २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य अवस्थामा राख्नुपर्ने अन्यथा हामीले त्यसलाई नमार्ने बताए ।
सोमबार भएको छलफलमा उक्त कुराहरु आफूले राख्दा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले ओलीलाई स्वीकार्य नभएको प्रतिक्रिया दिए । “हामी एउटै हौं”, उनले भने, पूर्व एमाले जुन स्थानमा थियो त्यही संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कौं, फागुन २८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पु¥यायौ, उनले भने,’ अहिले सम्मको घटनाक्रमको वारेमा बसेर छलफल गरौं भन्दा ओली पक्षले नमानेको बताएपछि बैठकबाट नेपाल सहितको नेताहरु बाहिरियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै