विश्व मुटु दिवसको अवसरमा चन्द्रपुर अस्पताल प्रालीद्धारा म्याराथान प्रतियोगिता

381 Shares

रौतहट, १३ असोज । विश्व मुटु दिवसको अवसरमा चन्द्रपुर अस्प्ताल प्राली द्धारा विहिवार खुला दौड (म्याराथन) प्रतियोगिताको आयोजना गरेर मनाएका छन् ।
विश्वमा बढ्दै गएको मुटुको विरामीहरुलाई निरोगी बनाउन तथा मुटु रोग हुनबाट जागिनका लागि जनचेतना जगाउने उद्देश्यबाट विश्व मुटु दिवसको अवसरमा म्याराथन प्रतियोगिताको आयोजना गरिएको चन्द्रपुर अस्पताल प्रालीका संचालक डा. सुभाष चौधरीले बताए ।
चन्द्रपुर अस्पताल प्रालीको आयोजनामा भएको सो खुल्ला दौड प्रतियोगितामा ठुलो संख्यामा स्थानीयहरु सक्रियताको साथ सहभागिता रहेको थियो । विश्वभर पछिल्लो समय मुटु रोगका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको हुँदा त्यसबाट बच्नका लागि व्यामको अवश्यकता रहेकाले दौडको आयोजना गरिएको अस्पतालका डाक्टर चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार