काठमाण्डौ रक्सौल रेलमार्गको डिपिआर बनाउन भारत संग हुने एमओयू स्वीकृत

तराई टप संवाददाता
काठमाण्डौ, २ चैत । काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुका अनुसार एमओयू मन्त्रि परिषदले स्वीकृत गरिसकेको हुनाले भारत सरकारले पनि एमओयू स्वीकृत गरे लगत्तै डीपीआरको सम्झौता हुनेछ ।
स्वीकृत एमओयू अनुसार रेलमार्गको डीपीआर भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनी मार्फत तयार गर्नेछ र, ब्रोडगेज प्रविधिमै यो रेलमार्ग बनाइने छ ।