बेलनिमन्त्रण शोभा यात्रामा मानवसागर ओर्लियो

555 Shares

मत्सरी (दुर्गा भगवती), १५ असोज । “हाती चैंत, घोडा पिचौंत, गगनधुप उडइत” बेलनिमन्त्रण शोभा यात्रामा मानवसागर आर्लिदा हिन्दु धर्म प्रतिको आस्थामा वृद्धि हुदै गएका छन् ।
नेपालीहरुको महान चाँड दशैंको आज (शनिवार) छैठो दिन अर्थात दुर्गा पुजा अन्तर्गत बेल निमन्त्रण कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
शक्ति पिठको रुपमा स्थापित मत्सरी दुर्गा मन्दीरबाट बेल निमन्त्रणको लागि निस्किएको शोभा यात्रामा हजारौं हिन्दु श्रद्धालुभक्तजनहरु सहभागी भएर वडा नम्वर २ भलोहिया स्थित रामजानकी मन्दीर परिसरमा रहेको बेलको रुखमुनी पुजा विधिवत रुपमा पुजा पश्चात जोडा बेलको फललाई पहेलो कपडाले बाँधेर पुजा गरियो ।
तत पश्चात पुन ः स्तुती पश्चात पुजा सम्पन्न भई प्रसाद वितरण गरेर मातारानीको यात्रा मत्सरी मन्दीरमा आएर वेल निमन्त्रणको शोभा यात्रा भव्यताको साथ सम्पन्न भएको मत्सरी दुर्गा मन्दीरको पुजा समितिका अध्यक्ष उमेश चौधरीले जानकारी दिए । आचार्य पवन झा र पुजारीको रुपमा बागिश झा रहेको समेत उनले बताए ।


हेलिकप्टरबाट पुष्प वृष्टि


बेल निमन्त्रण तथा शोभा यात्रालाई भव्य बनाउन हेलिकप्टर, हाथी र घोडा सहितको झाँकी प्रदर्शन गरियो ।
मत्सरीका युवाहरुद्धारा हेलिकप्टर, हात्ती र घोडा सहितको व्यवस्थापन गरिदा शोभा यात्राको रौनक झन् बढेका थिए । काठमाडौंबाट आएका हेलिकप्टरमा गुलाब र सयपत्री (गेन्दा) को पुष्प वृष्टि गरिएको मत्सरीका युवा रितुराज झाले जानकारी दिए । विगत ३ बर्ष देखि चल्दै आएको परमपरालाई कायम राख्दै शोभा यात्रा सुरु हुनु अगावै दुर्गा भगवती गाउँपालिकाको परिक्रमण गर्दै शोभा यात्रामा निस्किएका माता रानीको डोला माथि पुष्प वृष्टि गर्दै भलोहिया सम्म गएको उनले भने ।
माता रानीको कृपा यस्तै रहयो भने पुष्प वृष्टि कार्यक्रमलाई निरन्तरता दिदै जाने र मत्सरी बासीको कल्याण हेतु समाजिक कार्यलाई अघि बढाउने झाले प्रतिबद्धता जनाए । शोभा यात्रामा मानवसागर ओर्लिएको देखिदा मत्सरीको दुर्गा पुजा प्रतिको आस्थामा दिनानुदिन बढ्दै गएको विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार