zoom cloud meetings pc download download zoom install zoom app advantages and disadvantages download zoom attendance why pcr takes time zoom rooms client download zoom installation error 10083 install zoom client for all users - install zoom client for all users

सर्लाहीमा एमाले र माओवादी कार्यकर्ता विच झड्प, तिन जना घाइते

   १५ आश्विन २०७९, शनिबार १९:३४  

सर्लाही, १५ असोज । सर्लाहीको हरिवनमा शनिवार दिउसो नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु बीच झड्प हुँदा ३ जना घाईते भएको छ ।
सामान्य विषयलाई लिएर हरिवन नपा ११ मा राजनीतिक तुल दिएपछि दुवै पार्टीका कार्यकर्ताहरु विच हिंसक झड्प भएको हो । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन दुई राउण्ड टियरग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।
३ जना घाइतेमध्ये थप उपचारका लागि घाइते शेष बच्चु काठमाडौँ र अर्का घाइते शेष इस्तियार वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएका छन् ।
घटनास्थलमा अहिले पनि हरिवनका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुशील श्रेष्ठ र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मुकेश ताम्राकारको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको हुँदा अवस्था शान्त रहेको सर्लाही प्रहरीका एसपी प्रविण पोखरेलले जानकारी दिए ।
झडपमा सलंग्न रहेकोमा एक जनालाई नियन्त्रणमा लिएको छ । बजारको (ठेक्का) वातपतको कौडी रकम उठाउने विषयलाई लिएर एमाले र माओवादीका कार्यकर्ताले राजनीतिक तुल दिएर झड्प गराइएको हुँदा प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै